Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलको एसईईको नतिजा उत्कृष्ट, ए प्लस ल्याउने ११ जना

हाम्रो कोशी आवाज
असार १५ २०८१, शुक्रबार
धरानको सियोन स्कुलको एसईईको नतिजा उत्कृष्ट, ए प्लस ल्याउने ११ जना

धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।
३.२५ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ११ जना रहेको प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए । यस्तै, २.८५ देखि ३.२० जीपीएसम्म ल्याउने विद्यार्थी ३९ जना रहेका छन् ।
‘जे होस् यो उत्कृष्ट नतिजा हो’, प्रिन्सिपल थापा मगरले भने । एसईई परीक्षामा यस वर्ष जम्मा ५५ जना विद्यार्थी सहभागी भएको र ११ जनाले ए प्लस, ३९ जनाले ए, ५ जना बि प्लस नतिजा ल्याएको उनले जानकारी दिए ।
सियोन स्कुल धरानकै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको उत्कृष्ट स्कुल हो । हाल स्कुलमा प्लस टु (कक्षा–११ र १२) तर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स, होटल म्यानेजमेण्टको पठनपाठन भइरहेको छ ।

प्रकाशित मिति: असार १५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend