धरानः पछिल्लो समय धरान-१२ स्थित धरान मेघा हिमालयन कलेज विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था बन्दै शैक्षिक गन्तव्य बन्दै गएको छ । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र होइन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जाँगर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले यतिका वर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक कुरामा अब्बल मानिन्छन् ।
यो कलेज उत्कृष्ट हुनका लागि यहाँका प्राज्ञिकहरूले धेरै मेहनत गरेका छन् । मेघाले अहिले होटल म्यानेजमेन्ट र विज्ञान सङ्कायमा समेत ठूलो फड्को मारेको छ । यो कलेजमा पढ्ने विद्यार्थीहरुले विज्ञान तथा म्यानेजमेण्टमा लागि नगरकै उत्कृष्ट ल्याब तथा प्रयोागशालामा विद्यार्थीहरुलाई प्राक्टिस गराइन्छ । डेढ करोड भन्दा बढी लगानीमा सञ्चालनमा ल्याएको ल्याब तथा प्रयोगशालाका कारण यहाँ अध्ययनरत विद्यार्थी मात्र होइन अभिभावकहरु समेत शिक्षाको गुणस्तरबाट सन्तुष्ट देखिन्छ । कलेजमा शैक्षिक क्षेत्रमा लामो समयदेखि अनुभवप्राप्त दक्ष जनशक्तिसँगै काठमाण्डौंमा रहेको नेम्स, पिइए, हवाइट हाउस, गोल्डेन गेट जस्ता शैक्षिक संस्थाहरुमा अध्यापन गराइसकेका दक्ष जनशक्तिद्वारा अध्यापन गराइने एक मात्र कलेज भएकै कारण विद्यार्थी तथा अभिभावहरु यो कलेजको शैक्षिक गुणस्तरमा दंग छन् ।
शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीब्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद्योपान्त स्थापित गराइराख्नमा मेघा कलेजका प्राज्ञिक व्यक्तित्व, प्राध्यापक, व्यवस्थापन पक्ष सबल र सक्षम हुनु नै हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेघा कलेजमा तथा प्लस टु समयानुकूल शैक्षिक प्रणालीमा देखिएको परिवर्तनको अपेक्षाअनुसार अगाडि लाने उद्देश्यले मेघा कलेज स्थापना भएको हो ।
होटल म्यानेजमेण्टमा आकर्षण
पछिल्ला केही वर्षयता कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको पहिलो रोजाइ धरान मेघा कलेज हुन थालेको छ । यस कलेजमा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीहरूको बढ्दो चापबाट पनि कलेजप्रतिको आकर्षण प्रस्ट हुन्छ । होटल म्यानेजमेन्टका लागि बनाइएको अत्याधुनिक सुविधा सम्पन्न ल्याबका कारण पनि यहाँ विद्यार्थी–अभिभावकहरूको आकर्षण बढेको हो । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूको संख्या यहाँ हरेक वर्ष बढ्दै गएको छ ।

होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई बारिस्टा, बारटेन्डिङ, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्वकलाजस्ता विषयमा अतिरिक्त कक्षा र प्रशिक्षण प्रदान गर्ने गरिएको होटल म्यानेजमेन्ट सङ्कायका प्रमुख पोषणबाबु श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका अतिथि प्रशिक्षकहरूलाई बोलाएर पनि बेला–बेलामा विभिन्न विषयमा तालिम दिने गरिएको उनले बताए । विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तारे होटल, उद्योग र बैंङ्कहरूमा पनि भ्रमणमा लैजाने गरिएको छ । विज्ञान र कम्प्युटर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि पनि यहाँ सुविधासम्पन्न र एसीयुक्त आधुनिक प्रयोगशालाहरू छन् ।

अतिरिक्त क्रियाकलापमा जोड
धरान मेघा कलेजले शैक्षिक क्रियाकलापमा मात्र होइन अतिरिक्त क्रियाकलाप र सहकार्यकलापमा समेत वैज्ञानिक र आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएको छ । मल्टिमिडिया क्लास र अनिवार्य कोचिङ क्लाससँगै विषय विशेषज्ञ (गेस्ट लेक्चरर) हरु द्वारा अध्यापनको व्यवस्था गरेको छ । जसले कोर्षभन्दा बाहिरका अनुभवका विषयलाई विद्यार्थीसँग ‘सेयरिङ’ गर्दछ । हाइकिङ, एजुकेश्नल टुर, इन्डस्ट्रियल टुर, विजनेश टुर पनि मेघा कलेजका विशेषता हुन् । यी सहकार्यकलापले विद्यार्थीमा ज्ञानको दायरा फराकिलो पार्ने गर्दछ । मेघा कलेजले विद्यार्थीको रुचीअनुसार अतिरिक्त क्रिृयाकलाप र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको एकेडेमिक डाइरेक्टर घिमिरेको भनाइ छ । हुन पनि मेघा कलेजका विद्यार्थीहरूले हरेक वर्ष नगरस्तरीय र जिल्लास्तरीय बास्केटबल, भलिबल, फुटबल, कविता, हाजिरीजवाफ, वक्तृत्वकलाजस्ता प्रतियोगिताहरूमा विभिन्न पुरस्कार हात पारिराखेकै हुन्छन् । अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न कलेजले शिक्षा, खेलकुद, सङ्गीतजस्ता विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । यसबाट पनि विद्यार्थीहरूले पढाइसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् ।

कलेजको जोड र पठनपाठन हुने विषय
धरानका शिक्षित युवाहरूद्वारा सञ्चालित कलेज भएको हुँदा यसले गुणस्तरीय शिक्षासहित उत्कृष्ट विद्यार्थी उत्पादनमा जोड दिने गरेको छ । त्यसै कारण पनि धरान मेघा कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । धरानकै उत्कृष्ट कलेजहरूमा पर्ने मेघा कलेजमा धरानबाहिरका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् । विद्यार्थीका चाहना र रुचिलाई ध्यान दिँदै कलेजले यसै शैक्षिक सत्रदेखि कानुन सङ्कायमा पनि कक्षा सुरु गर्ने भएको छ ।
कानुनको कक्षा सञ्चालनका लागि कलेजले अनुमति प्राप्त गरिसकेको छ । मेघा कलेजका एकेडेमिक डाइरेक्टर घिमिरेका अनुसार कानुनतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएकाले कलेजले कानुन विषयको पठनपाठन सञ्चालन गर्न लागेको हो । ‘कलेजले सम्पूर्ण वैधानिकता पूरा गरी अनुमति लिइसकेको छ’, उनले भने, ‘कानुन विषय अध्ययन गर्न अब अन्यत्र जानु पर्दैन । विद्यार्थीले ढुक्क भए हुन्छ, यहाँ अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइनेछ ।’

कलेजमा विज्ञान विषयको अध्यापनका लागि पूर्णकालीन शिक्षकहरूको व्यवस्था गरिएको छ । काठमाडौँका विभिन्न लोकप्रिय शैक्षिक संस्थाहरूमा अनुभव प्राप्त गरिसकेका शिक्षकहरूले विज्ञानको अध्यापन गर्छन् । विज्ञान विषयमा छुट्टै शिक्षक राखेर अध्यापन गराइने धरानका हात्तीसार र इन्जिनियरिङ क्याम्पसबाहेक मेघा कलेज मात्रै भएको घिमिरेको भनाइ छ ।
मेघा कलेजमा होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्युटर म्यानेजमेन्ट, फुड एन्ड न्युट्रिसनजस्ता सङ्कायमा विद्यार्थीहरूको आकर्षण बढेको छ । घिमिरे भन्छन्, ‘लामो समयदेखि शैक्षिक क्षेत्रमा अनुभव प्राप्त दक्ष जनशक्तिसँगै काठमाडौँका नाम चलेका विभिन्न शैक्षिक संस्थामा १० वर्षभन्दा लामो अनुभव गरिसकेका दक्ष शिक्षकहरुद्वारा अध्यापन गराइने भएकाले यो कलेजमा विद्यार्थीको भविष्य सुनिश्चित छ ।’ यस विद्यालयमा नर्सरीदेखि नै पठनपाठन हुने गरेको छ । अहिले यहाँ कक्षा ११ र १२ मा ७ सयभन्दा बढी विद्यार्थीहरू छन् भने बीबीएसमा ३ सयभन्दा बढी विद्यार्थी छन् । धरानलाई शैक्षिक केन्द्र बनाउने विषय नारामा मात्र सीमित भएकाले व्यावहारिक रूपमै धरानलाई शैक्षिक केन्द्र बनाउन धरान मेघा कलेज लागिपरेको छ । पर्याप्त हावा र प्रकाश छिर्ने फराकिला कक्षाकोठाहरू तथा आफ्नै बास्केटबल कोर्ट हुनु पनि मेघा कलेजको थप विशेषता हो । मेघाको बास्केटबल कोर्टमा अन्य संस्थाहरूले पनि विभिन्न स्तरका प्रतिष्ठित बास्केटबल प्रतियोगिताहरू सञ्चालन गर्ने गरेका छन् । मेघाले बास्केटबल खेलको विकासमा विशेष योगदान दिएको देखिन्छ । मेघा कलेजले धरानको भानुचोकमा पनि बास्केटबल कोर्ट बनाइदिएको छ ।
करोड बढीको लगानीमा प्राक्टिकल ल्याब
धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा एक करोड रुपैयाँ बढीको लगानीमा प्राक्टिकल ल्याब स्थापना भएको छ ।
कलेजका अध्यक्ष कैलाश लिम्बूका अनुसार होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीका लागि प्रदेश १ मै उत्कृष्ट प्राक्टिकल ल्याब स्थापना गरिएको छ । ‘हामीले करोड बढीको लगानीमा ल्याब स्थापना गरेका छौं’, उनले भने, ‘यो सम्भवतः प्रदेश १ मै उत्कृष्ट हो ।’
फ्रन्ट अफिस, फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउस किपिङ अप्रेसन, होटल एकाउन्ट, हस्पिटालिटी आदिका लागि ल्याब निर्माण गरिएको एचएमका हेडअफ डिपार्टमेन्ट पोषण श्रेष्ठले जानकारी दिए ।
यस्तै, कलेजमा अत्याधुनिक र पूर्वाञ्चलको नमूना विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको उनले जानकारी दिए । ‘अन्य कलेज पनि घुम्यौं’, उनले भने, ‘ती कलेजको भन्दा फरक तरिका र पूर्वाञ्चलकै नमूना प्रयोगशाला बनाएका छौं ।’ उनले विज्ञान प्रयोगशालासँगै कम्प्युटर ल्याब पनि एसीसहितको सुविधा भएको सञ्चालनमा ल्याएको जानकारी दिए ।
प्रिन्सिपल भाष्कर पौडेलले धरान मेघा कलेजले आफ्नो अलग्गै पहिचान बनाउन सफल भएसँगै गुणस्तरीय शिक्षालाई जोड दिँदै प्रयोगात्मक विधिलाई पनि विश्वासयोग्य बनाइने बताए ।







