Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका चार युवा ब्राउन र गाँजासहित सुगरसहित समातिए

हाम्रो कोशी आवाज
असार १८ २०८१, सोमबार
धरानका चार युवा ब्राउन र गाँजासहित सुगरसहित समातिए

धरानः लागूऔषधसहित धरानका चारजना युवा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान–८ का ३६ वर्षीय सुनिल श्रेष्ठ, २३ वर्षीय दीपक विश्वकर्मालाई एकग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, धरान–१५ का २७ वर्षीय कविर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–५ का ३४ वर्षीय मानबहादुर राई पनि निषेधित औषधी ट्रामाडोलसहित पक्राउ परेका छन् । ट्रामाडोल १३५ क्याप्सुलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: असार १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend