Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी स्कुलकी छात्रा दक्षिण एशियाली खेलकुदमा भाग लिन भुटान पुगिन्

हाम्रो कोशी आवाज
असार २५ २०८१, सोमबार
धरानको सुनाखरी स्कुलकी छात्रा दक्षिण एशियाली खेलकुदमा भाग लिन भुटान पुगिन्

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीले छात्रा वर्षा राईलाई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् ।
स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे ।
वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् । आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हुने भएको छ ।
वर्षाले सुनाखरी एकेडेमीबाटै २०८० को एसईई दिएर कक्षा–११ मा अध्ययनका लागि प्रवेश परीक्षा दिइसकेकी छिन् । करातेमा अब्वल वर्षालाई सुनाखरीले प्लस टु अध्ययनका लागि विशेष सुविधा प्रदान गर्ने प्रिन्सिपल राईले जानकारी दिए ।
प्रवेश परीक्षा सम्पन्न
यसैबीच सुनाखरी एकेडेमीले एसईई उत्तीर्ण गरी कक्षा–११ मा अध्ययन गर्नका लागि नै प्रवेश परीक्षा लिएको छ । प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको प्रिन्सिपल राईले जानकारी दिए । ‘हामी ठीक संख्यामा विद्यार्थी राख्छौ र गुणस्तरीय शिक्षा प्रदान गछौं’, उनले भने ।

प्रकाशित मिति: असार २५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend