Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु स्कुललाई ‘भाइब्रेन्ट गोल्ड’ अवार्ड

हाम्रो कोशी आवाज
असार २५ २०८१, सोमबार
धरानको विष्णु स्कुललाई ‘भाइब्रेन्ट गोल्ड’ अवार्ड

धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयको क्लब पुरस्कृत भएको छ ।
गत असार ९ गते (जुन २३, २०२४) पोखरामा आयोजित ११ औं इन्टर्याक्ट अवार्ड समारोहमा यस विद्यालयको इन्टर्याक्ट क्लब पुरस्कृत भएको हो ।
सो अवसरमा यस विद्यालयको क्लबले ‘भाइब्रेण्ट क्लब’ को रुपमा सम्मान प्राप्त गर्नुका साथै भाइब्रेण्ट गोल्ड पुरस्कार समेत प्राप्त गर्न सफल भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । अवार्ड समारोह रोटरी क्लब, इन्टर्याक्ट डिस्ट्रिक्ट र बियोण्ड बोर्डरले संयुक्तरुपमा आयोजना गरेका थिए ।
विष्णु मेमोरियलको सो क्लबले विविध क्षेत्रमा पुरयाएको योगदान, कार्यक्रमहरूमा उल्लेख्य सहभागिता र प्रतिस्पर्धात्मक प्रतियोगितामा प्राप्त गरेको उपलब्धि, परियोजना कार्य, क्लबको नवीन र सिर्जनशील कार्यहरूको मूल्याङकनको आधारमा यस विद्यालयलाई यो भाइब्रेण्ट गोल्ड अवार्ड प्रदान गरिएको क्लब शिक्षक नायक सञ्जु श्रेष्ठले बताए ।

प्रकाशित मिति: असार २५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend