Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मार्सल आर्ट शुरु हुने

हाम्रो कोशी आवाज
असार २६ २०८१, मंगलबार
धरानमा मार्सल आर्ट शुरु हुने

धरानः विश्वमा नै युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि शुरु हुने भएको छ ।
धरानमा यही असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोडस्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण शुरु गर्न लागेका हुन् । काठमाण्डौं र पोखरा गरी तीन स्थानमा मात्र प्रशिक्षण हुने एमएमए फाइट प्रशिक्षण कोशी प्रदेशभरि धरानमा यो पहिलो हो । वरियर्स डेन युवा नेता सन्तोष विक र एमएमए खेलाडी एलिस लिम्बूले सञ्चालन गर्न लागेका हुन् ।
व्यवसायिकरुपमा खोल्न अघि वरियर्सले यही असार १६ गतेदेखि २२ गतेसम्म एकहप्ते एमएमए सेमिनारको आयोजना गरेका छन् । एमएमए फाइट खेलको प्रर्वद्धन तथा आधारभूत प्रशिक्षण दिनका लागि एकहप्ते एमएमए फाइट सेमिनारको आयोजना गरिएको वरिवर्स डेनका सञ्चालक एवं एमएमए खेलाडी एलिस लिम्बूले जानकारी गराए । एक हप्तासम्म चलेको सेमिनार तथा प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई युकेबाट आएका एमएमए फाइटका प्रोफेसनल खेलाडी रिर्चड मर्सन र एलिस लिम्बूले प्रशिक्षण दिएका थिए ।
सेमिनारमा धरान आदर्श, केके स्कुल र डिपि विलिभर्स स्कुलका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई एमएमए फाइट प्रशिक्षणसँगै सहभागीहरुलाई एमएमए खेलको विषयमा जानकारी समेत गराइएको सञ्चालक सन्तोष विकले जानकारी दिए ।
एमएमए फाइट भन्ने वित्तिक्कै अलि एग्रेसिभ र फरक खेलको रुपमा बुझ्ने गरेको पाइन्छ । तर यो विल्कुलै अन्य खेलकुद जस्तै सामान्य खेल नै हो । यो फाइट आर्ट हो । यस खेलले अनुशासन, हार्डवर्क, फिटनेस र सेल्फ डिफेन्स सिकाउने प्रशिक्षक एलिस लिम्बूले बताए । लिम्बूले भने, ‘एमएमए प्रशिक्षणमा सहभागी विद्यार्थीहलाई तीन विद्या सिकाउँछौ । पहिलो कसरि सेल्फ डिफेन्स गर्ने व्राजिलियन फिजित्सु आर्ट, दोस्रो कसरी लडाउने भनेर रेस्लिङ आर्ट र कसरी डिफेन्स गर्दै प्रहार गर्ने कला स्ट्राइकिङ आर्ट सिकाउँछौ । विभिन्न फाइट आर्टहरुको मिश्रण रहेको खेल एमएमए फाइट आर्ट अमेरिकाबाट बुरु भएको हो । अहिले विश्वमा नै लोकप्रिय र व्यावसायिकरुपमा यो खेल सफल बन्दै गइरहेको लिम्बूले बताए । लिम्बू आफै पनि केही महिनापछि माल्दिभ्समा हुन लागेको एमएमए फाइटमा वरियर्स डेनबाट नेपालको प्रतिनिधित्व गर्दै खेल्न जान लागेका छन् ।

प्रकाशित मिति: असार २६ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend