Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्याब्सनका सुनसरी अध्यक्ष अनुप योन्जनको धरानमा अल्पायुमै निधन

हाम्रो कोशी आवाज
असार २९ २०८१, शुक्रबार
प्याब्सनका सुनसरी अध्यक्ष अनुप योन्जनको धरानमा अल्पायुमै निधन

सुनसरीभरका स्कुल बिदा
धरानः शिक्षासेवी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का सुनसरी अध्यक्ष अनुप योन्जनको अल्पायुमै निधन भएको छ ।
हृदयघातका कारण शुक्रबार बिहान ४८ वर्षको अल्पायुमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । धरान-८ कविर टोलस्थित घरमा हृदयघात हुने वित्तिकै उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान लगिएको थियो ।
एक्कासी छाती दुखेको भनी परिवारलाई जानकारी दिने वित्तिकै उनलाई शुक्रबार बिहान २ बजे प्रतिष्ठान भर्ना गरिएको थियो । प्रतिष्ठानमै उपचारका क्रममा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
धरान-१८ स्थित माउन्ट हर्मन एकेडेमीका संस्थापक निर्देशक, प्रिन्सिपल तथा धरान–१२ स्थित एम्स एकेडेमीका निर्देशक उनी नेपाल स्काउटका धरान नगर प्रमुख आयुक्त तथा धरान रिडर्सका संयोजक समेत रहेका थिए ।
उनको एक छोरा र एक छोरी छन् । उनको शुक्रबार नै धरान-८ स्थित बौद्ध दाहसंस्कारस्थलमा अन्त्येष्टी गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच असामयिक निधनप्रति दुःख व्यक्त गर्दै सुनसरी जिल्लाभरिका निजी विद्यालयहरूमा शोक विदास्वरुप एकदिन शोकबिदा दिने निर्णय भएको छ । शुक्रबार हुने भनिएका सम्पूर्ण परीक्षाहरु भोलि शनिबार विद्यालय समयमा हुने जानकारी समेत जनाइएको छ ।
शिक्षासेवा, समाजसेवा गरिरहुँ भन्ने हुटहुटी बोकेका, सरल, मिजासिलो स्वभाव, कसैलाई भनी नबिझाउने स्वभावका आदरणीय अनुप सरप्रति भावपूर्ण हार्दिक श्रद्धान्जली ।

प्रकाशित मिति: असार २९ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend