धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले मिस कोशीमा फष्ट रनर अप र फोर्थ रनर अपको उपाधि जितेका छात्राहरूलाई सम्मान गरेको छ ।
कलेजमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरेको हो । गएको शनिबार धरानमा सम्पन्न ‘मिस कोशी सिजन–८’ को ग्रान्ड फिनालेमा कलेजकी निसाहाङमा लिम्बूले फस्ट रनर अपको उपाधिसहित मिस पपुलर, ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स च्वाइसको सव–टाइटल समेत हात पारेकी थिइन् ।
यसैगरी स्वस्तिका राईले फोर्थ रनर अपको उपाधिसहित मिस ब्युटीफूल हेयर र मिस पब्लिक च्वाइसको सव–टाइटल जितेकी थिइन् । दुवैजना बिजेतालाई कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्वरकुमार तुम्बापो, अध्यापक राम लिम्बू र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले अविर, खदा र बुकेले सम्मान गररेका थिए ।
आफ्ना विद्यार्थीहरूले प्रदेशस्तरीय प्रतियोगितामा सफलता प्राप्त गर्दा खुशी लागेको क्याम्पस प्रमुख तुम्बापोले बताए । विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सम्मान गरेको प्रमुख तुम्बापोले बताए । निशाहाङमा यु.एन. नबोदयको कक्षा–१२ मा होटल म्यानेजमेन्ट लिएर अध्ययन गरिरहेकी छिन् भने स्वस्तिका कक्षा–१२ मै कम्प्युटर साइन्स लिएर अध्ययन गरिरहेकी छिन् । प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको हो ।


