Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा निःशुल्क आँखा तथा चश्मा जाँच शिविर शुभारम्भ

हाम्रो कोशी आवाज
साउन १ २०८१, मंगलबार
धरानमा निःशुल्क आँखा तथा चश्मा जाँच शिविर शुभारम्भ

धरानः धरान-२ भानुचोक स्थित एक्यु अप्टिकलमा एक वर्षे निःशुल्क आँखा तथा चश्मा जाँच शिविर सोमबारबाट शुभारम्भ भएको छ ।
लायन्स क्लब अफ धरान इम्प्याक्टले एक्यु अप्टिकलसँको प्राविधिक सहयोगमा एक वर्षसम्म अर्थात् ३ सय ६५ दिन निःशुल्क आँखा तथा चश्मा जाँचको सुविधा दिने अप्टिकलका प्रबन्ध निर्देशक मोहम्मद जाबेद अख्तरले बताए ।
लायन्स क्लब अफ धरान इम्प्याक्टका प्रेसिडेन्ट लायन सोनु राई सुवेदीको ड्रीम प्रोजेक्टको रुपमा रहेको शिविरको पास्ट डिस्ट्रीक गभर्नर लायन धिरज गुरुङले उदघाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा लायन रेखा गुरुङ, लायन बिपिन सुब्बा, लायन चित्राकुमारी गुरुङ ,एम्स एकेडेमीका कोअर्डिनेटर दुर्गा सुवेदी, लायन आभा सुवाल, लायन रुक्मनी मास्के, लायन कमला लिम्बू, लायन कविता लिम्बू, लायन अम्बिका श्रेष्ठ, लायन शशी राई, सचिव देवानन्द झा लगायतको उपस्थिति थियो । शिविर २०२४ जुलाई १ देखि आगामी सन २०२५ जुन २० सम्म रहने छ । हरेक दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म निःशुल्क आँखा तथा चश्मा जाँचको सेवा लिन सकिने अप्टिकलका प्रबन्ध निर्देशक जाबेदले जानकारी दिए ।

प्रकाशित मिति: साउन १ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend