Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान टप गर्ने विद्यार्थीलाई नगदसहित सम्मान

हाम्रो कोशी आवाज
साउन १३ २०८१, आइतबार
धरान टप गर्ने विद्यार्थीलाई नगदसहित सम्मान

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले त्रिभुवन विश्वविद्यालयले लिएको बिएचएम चौथो सेमेष्टरको परीक्षामा धरान, टपर, सेकेन्ड र थर्ड टपर हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।
कलेजमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा धरान टपर हुने क्रमशः रोमन लिम्बू र सन्ध्या थेगिम लिम्बू रहेका छन् । उनीहरूलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले नगद जनही १० हजारसहित सम्मान– पत्र, अबिर र खदाले सम्मान गरेका छन् । रोमन र सन्ध्याले बराबर जिपिए ३ दशमलब ८१ प्राप्त गरेका छन् ।
धरान सेकेण्ड टपर रोयल राई भए भने थर्ड टपर सागर तामाङ भए । उनीहरूलाई कलेजका पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बू र अध्यापक सिर्जना लिम्बूले क्रमशः ५ हजार र ३ हजार नगदसहित अविर र खदा लगाएर सम्मान गरे । रोयल र सागरले क्रमशः ३ दशमलव ७९ र ३ दशमलव ७७ जिपिए प्राप्त गरेका छन् ।
सम्मानपछि क्याम्पस प्रमुख तुम्बापोले बधाई दिँदै यसअघि यु.एन. कलेजबाट धरान टपर, जिल्ला टपर, प्रदेश टपर र नेपाल सेकेन्ड टपरसम्म भएको हुँदा आगामी दिनमा होटल म्यानेजमेन्टमा नेपाल टपर बन्ने गरी मिहिनेत गर्न विद्यार्थीहरुलाई आग्रह गरे । “मिहिनेत गरेर नेपाल टपर हुनु त्यसपछि ५० हजार नगद पुरस्कार दिन कलेज आत्तुर छ ।’ उनले भने ।
कलेजका अध्यक्ष झाले कार्यक्रम समापन गर्दै पुरस्कृत विद्यार्थीहरूलाई बधाई ब्यक्त गरे । कार्यक्रमको सञ्चालन अध्यापक अनिमेष बाँस्तोलाले गरे ।

 

प्रकाशित मिति: साउन १३ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend