Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हवाई फायर गरी प्रहरीले ११५ केजी गाँजा नियन्त्रणमा लियो

हाम्रो कोशी आवाज
साउन ३० २०८१, बुधबार
धरानमा हवाई फायर गरी प्रहरीले ११५ केजी गाँजा नियन्त्रणमा लियो

धरानः धरानमा प्रहरीले गाँजा नियन्त्रणमा लिन हवाइ फायर नै गर्नुपरेको छ । प्रहरीले हवाई फायर गरी कारबाट एक सय १५ केजी (एक क्वीन्टल) लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।
भारतीय नम्बर प्लेटको डब्लूबी७४एस२५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ ।
धरान–१५ स्थित श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
पानबारीतर्फ जाँदै गरेको भारतीय कार चेकजाँचका क्रममा प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी कारसहित गाँजा नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरीले कारलाई रोक्न प्रयास गर्दा तीव्र गतिमा अगाडि बढेपछि प्रहरीले पछ्याउँदै जाँदा ३५ मिटर पर कार छाडेर चालक जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ । गाडी छाडेर चालक तत्काल फरार भएकाले खोजी र घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ३० २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend