Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दु पुलनजिकै मोटरसाइकल दुर्घटनामा यादव लिम्बूको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १४ २०८१, शुक्रबार
धरानको सर्दु पुलनजिकै मोटरसाइकल दुर्घटनामा यादव लिम्बूको मृत्यु

धरानः धरानमा मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ ।
धरान–१७ स्थित धरान–चतरा भित्री पक्की सडकअन्तर्गत सर्दु पुलनजिक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवारी मोरङ लेटाङ–७ बस्ने २१ को यादव लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरानबाट चतरातर्फ जाँदै गरेको प्र१–०२–०५०प ५५९० न. को (२२० सिसि) मोटरसाइकल आफै अनियन्त्रित भई सडकको छेऊको फलामको बेरामा गई ठक्कर खाइ दुर्घटनामा परेको थियो । मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–२ बस्ने २० वर्षीय सुरज लिम्बूको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
पछाडि सवार लिम्बूको मुखबाट रगत गइरहेको गम्भीर अवस्थामा प्रतिष्ठान भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार नै भएको हो ।

प्रकाशित मिति: भाद्र १४ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend