Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरीका १० विद्यार्थीले एउटै प्रतियोगितामा जिते १३ पदक

हाम्रो कोशी आवाज
भाद्र २६ २०८१, बुधबार
धरानको सुनाखरीका १० विद्यार्थीले एउटै प्रतियोगितामा जिते १३ पदक

धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले १३ पदक जित्न सफल भएका छन् ।
झापाको काकडभिट्टामा सम्पन्न इन्डो-नेपाल कराते प्रतियोगितामाथि बर्चस्व कायम गर्न सफल आफ्ना १० जना विद्यार्थीहरूलाई सम्मान समेत गरिएको छ ।
स्कुलको प्राङ्गणमा एक कार्यक्रम गरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई, प्लस टु कोअर्डिनेटर टपकुमार राईले बिजेता विद्यार्थीहरुलाई अविर र खदा लगाएर सम्मान गरेका छन् ।
नेपाल सितोरियो कराते स्कुल काकडभिट्टाको आयोजनामा गत भदौ २३ र २४ गते भएको प्रतियोगितामा सुनाखरी एकेडेमीका विद्यार्थीहरुले ६ स्वर्ण, २ कास्य र ५ रजत गरी कुल १३ पदक जितेर खेलमाथि बर्चस्व कायम गरेका थिए ।
सुनाखरीका निमा डोल्मा तामाङले १ स्वर्ण र १ रजत पदक हासिल गरेकी थिइन् । यस्तै, वर्षा राईले १ स्वर्ण, सलिना योगीले १ स्वर्ण र १ कास्य, मिकसम लिम्बूले १ स्वर्ण र १ रजत, चारु राईले १ स्वर्ण पदक हासिल गरेका थिए । यसैगरी मिन्याहाङ लिम्बूले १ स्वर्ण, बविन राईले १ रजत, देमछुङ राईले १ रजत, मेडिया लिम्बूले १ रजत र सोनाम तामाङले १ कास्य पदक हासिल गरेका थिए । एउटै प्रतियोगितामा विद्यार्थीहरूले यति धेरै पदकहरु हात पार्न सफल हुँदा धेरै खुशी लागेको प्रिन्सिपल राईले बताए ।

प्रकाशित मिति: भाद्र २६ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend