Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नेपाल सम्वत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रम

हाम्रो कोशी आवाज
कार्तिक १५ २०८१, बिहिबार
धरानमा नेपाल सम्वत् ११४५ को शुभकामना आदानप्रदान कार्यक्रम

धरानः धरानमा सद्धि नेवाः परिषद्ले नेपाल सम्वत् ११४५ को शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गिरेको छ ।
नेपाल सम्वत्लाई नेपाल सरकारले राष्ट्रिय सम्वत्को रुपमा मान्यता दिएपनि किन यो सम्वत् प्रचलनमा आउन सकेन भन्ने विषयमा विचार विमर्श गर्न सबैले आ आफ्नो क्षेत्रबाट प्रयोगमा ल्याउन आवश्यक रहेको प्रमुख अतिथि कोशी प्रदेशसभाका सदस्य विजय राईले बताए । सिद्धि नेवाः परिषद्को आयोजनामा बुधबा। धरान–७ स्थित परिषद्को सभाहलमा सम्पन्न भएको थियो ।
नेपाल सम्वत्का प्रणेता शंखधर शाख्वाको तस्वीर तथा सिद्धि नेवाः परिषद्का जग्गा दाता दानवीर सिद्धिमान् गंगालक्ष्मी पलिखेको प्रनितभामा माल्यापण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्षको शुभकामना आदन प्रदान कार्यक्रममा आयोजना गर्दै आएको जानकारी गराउँदै नेपाल संवत्को विषयमा ऐतिहासिक जानकारी समेत निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले बोलेका थिए ।
मन्तव्यको क्रममा नेवाः देय् दवू प्रदेश अध्यक्ष इन्द्रबहादु श्रेष्ठले सरकारले गरेको निर्णयलाई सरकारी तवरबाटै व्यवहारमा उपयोग गर्न समेत पहल गर्नुपर्ने भएकाले उपस्तिथ प्रदेश सभाका सदस्यहरूलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि इलाका प्रसाशन कार्यालय धरानका प्रमुख लक्ष्मी रेग्मीले नेपाल सम्वत् ११४५ को शुभकामना प्रकट गर्दै आफू हिजो मात्रै आएको र धरानको सर्वजनिक कार्यक्रममा सहभागी हुने अवशर पाएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको विशेष अतिथिहरुमा प्रदेश सभा सदस्यहरू रमेश बस्नेत र यशोदा कायस्थ, नेवाः देय् दवूका केन्द्रीय सदस्य नरेशकुमार शाक्य, नगर अध्यक्ष मनोहर शाक्य, धरान २ नंं वडाध्यक्ष विद्या शाक्य, इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रकाश जवे्गु, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र सिंह थापा लगायत रहेका थिए ।
नेपाल सम्वत् शंखधर शाख्वाले गरिवहरुको ऋण मोचन गरेको उपलक्ष्यमा तत्कालीन लिच्छिवी राजा राघवदेवले उक्त नेपाल सम्वत्को शुरुवात गरेका हो । यो सम्वत् नेपालमा ८८८ वर्ष सम्म प्रचलनमा रहेको थियो । देशको नामबाट चलेको विश्वकै एकमात्र सम्वत् हो । नेपाललाई संयूक्त राष्ट्रिय संघमा सदस्य बन्नका निम्ति नेपाल सम्वत् र नेपाल भाषाको रञ्जना लिपीलाई प्रस्तुत गरेको कुरा सिद्धि नेवाः परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले बताए । नेपाल सम्वत्लाई हालसम्मको अवस्थामा ल्याउन नेवाः समुदायले अग्रणी भूमिका निर्वाह गर्दै आए पनि यो सम्वत् नेवारको मात्र सम्वत् नभएर नेपालीहरुको मौलिक सम्वत् भएको श्रेष्ठको भनाई थियो ।
नेपाल सम्वत्का प्रणेता शंखधर शाख्वालाई नेपाल सरकारले चौथो राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ । शंखधर शाख्वाको फोटो रहेको रु ५ को हुलाक टिकट पनि प्रशासन गरेको छ । नेपाल सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ । साथै सरकारी कामकागमा समेत प्रयोग गर्ने गरेको छ । अव हामी जनसाधरणले यसलाई व्यवहारमा ल्याउन पहल गनुपर्नेमा महासचिव मोहन श्रेष्ठले कार्यक्रम सञ्चालनको क्रममा बताएका थिए ।
कार्यक्रम संयोजक सिद्धि नेवाः परिषद्का कार्य समिति सदस्य हरिकृष्ण श्रेष्ठले उपस्थित सबैमा धन्यवाद ज्ञानपन गरेका थिए । कार्यक्रममा विभिन्न खलः पुचका अध्यक्ष तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा परिषद्का आजिवन सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: कार्तिक १५ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend