Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘आवर होम स्कुल’ ले कोशी प्रदेशभरीका विद्यार्थीको प्रतिभा खोज्दै

हाम्रो कोशी आवाज
मंसिर १२ २०८१, बुधबार
धरानमा ‘आवर होम स्कुल’ ले कोशी प्रदेशभरीका विद्यार्थीको प्रतिभा खोज्दै

धरानः धरान-१९ स्थित आवरहोम इङलिस बोर्डिङ स्कुलले ‘वाइवाइ द भ्वाइस अफ सिजन २’ को तयारी थालेको छ ।
आउँदो मंसिर २६ र २७ गते दुई दिन कोशी प्रदेशस्तरीय इन्टर स्कुल कम्पिटिसन आयोजना गर्न लागिएको स्कुलका म्यानेजिङ डाइरेक्टर अजीत सुब्बाले जानकारी दिए । विद्यार्थीको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए । नाटक, सामाजिक, संधिवधान, नेतृत्व विकास, स्ट्याण्ड अप कमेडीमार्फत् विद्यार्थीले प्रतिभा पस्किन सक्ने उनले जानकारी दिए । कक्षा–१ देखि १० सम्मका विद्यार्थी यो प्रतियोगितामा सहभागी बन्न सक्ने उनले जानकारी दिए ।
मंसिर २० गतेसम्म सहभागी हुन चाहने विद्यार्थीले फर्म भरिसक्नुपर्नेछ । बालबालिकामा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको डाइरेक्टर सुब्बाले जानकारी दिए । ‘खासमा बालबालिकामा लुकेर रहेको प्रतिभा बाहिर ल्याउन यस्तो प्रतियोगिताको आयोजना गरेका हौं’, उनले थपे, ‘विद्यार्थीबीच भेटघाट, चिनजान हुन्छ, अन्य स्कुलसँग जोडिने माध्यम बन्छ, यस्तो प्रतियोगिताले समग्र समाजलाई जोड्ने सन्देश दिन्छ भन्ने सोंचेका छौं ।’
यसले समाज रुपान्तरण हुन्छ भन्ने पनि विश्वास लिइएको उनको भनाइ छ । सिजन १ सफलतापूर्वक सम्पन्न भएको र त्यतिबेला १८ वटा स्कुलका विद्यार्थीले सहभागिता जनाएका थिए भने दोस्रो सिजनमा ३० भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।
कोशी प्रदेशकी सांसद ममता योन्जन प्रमुख अतिथि रहने कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा विशेष अतिथि रहनेछन् । बिजेतालाई ट्रफी, मेडललगायत नगदसमेत प्रदान गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘यो बिगेष्ट फेस्टिबल हो भन्ने हामीले ठानेका छौं’, उनी भन्छन्, ‘अभिभावक, विद्यार्थी र समाजलाई नै जोड्ने कार्यक्रम भएकोले सबैले सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।’
प्रतियोगितामा वाइवाइ मुख्य प्रायोजक रहेको छ भने धरान उपमहानगरपालिका, धरान–१९ वडा कार्यालय, धरान मेघा कलेज, अभिभावकहरूको सहयोगमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंसिर १२ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend