Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयर साम्पाङबाट असुरक्षित भएको भन्दै पत्रकार पुगे उपमनगरपालिका, फेरि पनि धम्की

हाम्रो कोशी आवाज
मंसिर २४ २०८१, सोमबार
धरानमा मेयर साम्पाङबाट असुरक्षित भएको भन्दै पत्रकार पुगे उपमनगरपालिका, फेरि पनि धम्की

धरानः धरानका मेयर हर्कराज साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस प्रदर्शन गरेका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जालमा लेख्दै धम्की दिएको भन्दै उनीहरूले मौन जुलुस निकालेका हुन् । भानुचोकबाट शुरु भएको जुलुस धरान उपमहानगरपालिकाको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले गणतन्त्रमा पनि पत्रकार असुरक्षितमा हुँदै आएको बताउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी स्थानीय सरकारले गर्नुपर्नेमा उल्टै धाकधम्की दिनु गलत भएको बताए ।
यसअघि मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र गोपाल दाहाललाई समाचारको विषयमा धम्की दिएका थिए ।
यसैबीच साम्पाङका समर्थकले आइतबार राति पनि म्यासेज दाहाललाई धम्की दिएको उनले जानकारी दिएका छन् । म्यासेजमा ‘तेरो दिन धेरै छैन’ भनेर धम्क्याइएको उनले जानकारी दिए । धरानका मेयरले विकास गरिरहेको र उनको कामका विरुद्ध लेखेको भन्ने आशयले म्यासेज गरिएको छ । मेसेजमा ‘जन्मभूमिलाई सफा सुन्दर हेर्ने चाहना’ रहेको जनाउँदै ‘राम्रो काम गर्नेलाई राम्रो गर्न’ नदिएको आरोप लगाइएको छ ।
यसअघि नै पनि यस विषयमा दाहाल र राईले सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन् ।

प्रकाशित मिति: मंसिर २४ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend