Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा हिन्दी गीत सार्वजनिक, समिर खान र स्मारिका ढकालको फिचरिङ

हाम्रो कोशी आवाज
पुष २८ २०८१, आइतबार
विराटनगरमा हिन्दी गीत सार्वजनिक, समिर खान र स्मारिका ढकालको फिचरिङ

विराटनगर: विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक भएको छ ।
विशाल सिंह र अशोक भाटियाको शब्द रहेको गीत भिडियो सहित समिर खान को युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । राजेश के एस को सङ्गीत रहेको गीतको भिडियोमा समिर खान र स्मारिका ढकालले फिचर्ड छन् । नेपालका विभिन्न ठाउँमा खिचिएको गीतको भिडियोलाई निशान एस के ले निर्देशन गरेका हुन् । मोडलद्धय समिर खान र स्मारिका ढकाल चलचित्र ज्ञानशास्त्र साथै दजनौं म्युजिक भिडियोमा समेत निकै रुचाइएका कलाकार हुन ।
पछिल्लो समय कला र गला हुनेहरूले आफूलाई सहज हुने भाषा र शैलीमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या बढ्दो छ । यसै बिच विसाल सिंहको ’प्यार की दस्तान’ ले पनि गायकको कला र स्वरलाई न्याय गरेको छन । दिपक गिरी ले खिचेको गीतको भिडियोलाई प्रविण भटटले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: पुष २८ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend