Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रहरीले डेराकोठामा छापा मार्दा लागूऔषध फेला परेपछि दुईजना महिला समातिए

हाम्रो कोशी आवाज
माघ ३ २०८१, बिहिबार
धरानमा प्रहरीले डेराकोठामा छापा मार्दा लागूऔषध फेला परेपछि दुईजना महिला समातिए

धरान: धरानमा लागूऔषधसहित युवती र महिला पक्राउ छन् ।
पक्राउ पर्नेमा धरान–१० डेरा गरी बस्ने २७ वर्षीयकी मनिका विक र ३८ वर्षीय रेनुका लिम्बू रहेका छन् ।
डेरा कोठामा लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सो कोठा कानून बमोजिम खानतलासी लिँदा विक सुत्ने लोबेडमाथि राखेको कालो सुटकेसभित्र लुकाइराखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल २ हजार ५ सय क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
उनको कोठामा बस्ने ३८ कि रेनुका लिम्बू समेतलाई इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए ।
धरान उपमहानगरपालिका–१० पुतलीलाइन स्थित कृष्ण नेवारको घरमा डेरा गरी बस्ने उनीहरू दुवैजनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर घटनाको थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक ठाकुरले बताएका छन् ।

प्रकाशित मिति: माघ ३ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend