Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भिषाको अवज्ञा गरी श्रमदान गरिरहेका १८ जना विदेशी नागरिक समातिए

हाम्रो कोशी आवाज
माघ २५ २०८१, शुक्रबार
धरानमा भिषाको अवज्ञा गरी श्रमदान गरिरहेका १८ जना विदेशी नागरिक समातिए

धरानः धरानमा भिषाको अवज्ञा गरी श्रमदान गरिरहेका विदेशी नागरिकहरू पक्राउ परेका छन् ।
धरान–५ देउराली सौगात चोकमा रहेको प्रेरणा कल्याणकारी समाजको निर्माणाधीन दुईतले भवनमा बनाउन उनीहरू श्रमदान गरिरहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विदेशी (अमेरिकन) नागरिकहरू टुरिष्ट भिषामा आई देश भारत जलपाइगुढी वेस्ट बंगाल बस्ने आधार कार्ड नम्बर ५३५७०१५६७९९६ भएका बसन्त लामाको सहकार्य तथा संयोजकत्वमा १७ जना अमेरिकन नागरिकहरू (१६ पुरुष र १ महिला) समाजको निर्माणाधीन भवनमा भिषाको अवज्ञा गरी श्रमदान गरी रहेका छन् भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
सो निर्माणाधीन भवनमा काम गरी रहेको अवस्थामा फेला पारी उनीहरुको राहदानी चेक गर्दा टुरिष्ट भिषामा नेपाल आएको तर भिषाको अवज्ञा गरी श्रमदानको कार्य गरिरहेको पाइएको उनले जानकारी दिए ।
विशेषतः उनीहरू धर्म प्रचारको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरूमाथि छ । नेपाल आइ चर्चको भवन बनाउन श्रमदान गरेको पाइएकाले उनीहरूको राहदानी नियन्त्रणमा लिएर अनुसन्धानमा तीब्रता दिइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रशासनले सोधपुछ गरी चेतावनी दिएर छाडेको छ भने उनीहरूबाट बरामद कागजात अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले अध्यागमन विभागको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ २५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend