Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवतीको कोठामा लागूऔषध फेला परेपछि समातिइन्

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०८१, आइतबार
धरानमा युवतीको कोठामा लागूऔषध फेला परेपछि समातिइन्

धरानः धरानमा युवतीको कोठामा लागूऔषध फेला परेपछि पक्राउ परेकी छिन् ।
धरान उपमहानगरपालिका वडा नं. १६ बस्ने २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले निजको कोठाबाट लागूऔषध ट्रामाडोल ३२१० क्याप्सुल, प्रतिबन्धित औषधि १६६० ट्याब्लेट र स्पासपेन ७३० ट्याब्लेटसहित उनलई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ११ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend