Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चित गायिका मिलन नेवारलाई भारतमा सम्मान

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०८१, बिहिबार
चर्चित गायिका मिलन नेवारलाई भारतमा सम्मान

धरानः अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी प्रतिभाशाली र चर्तित गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ ले सम्मानित गरिएको छ ।
संगीत क्षेत्रमा उनले नेपाल र भारतमा पुरयाएको उत्कृष्ट योगदानको लागि यो सम्मान प्रदान गरिएको हो । सम्पर्क क्रान्ति परिवारद्वारा आयोजित भव्य कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ लगायत अन्य प्रतिष्ठित सम्मानहरू प्रदान गरियो ।
कार्यक्रममा महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वालम्बन जस्ता विषयहरूमा गम्भीर छलफल समेत भएको थियो । नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित मिलनले आफ्नो सम्मानलाई नेपाली संगीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएकी छिन् ।
उनले यो सम्मान आफ्नो लागि मात्र नभएर सम्पूर्ण नेपाल देशकै लागि भएको महसुस गरेको बताउँदै सबै नेपाली र नेपाली संगीत क्षेत्रका महिलाहरूको सम्मान भएको हिसाबमा आफूले लिएको भन्दै धन्यवाद दिइन् । उनले यो सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मंचमा पहिचान दिलाउने काम गरेकोमा खुशी व्यक्त गरिन् ।
नेपालकी मिलन नेवार यसरी अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुनु नेपालका लागि गर्वको विषय हो । उनी नेपाली संगीतलाई विश्वमै पहिचान दिलाउन अगाडि बढिरहेकी छिन् । मिलन नेवार अहिलेको नेपाली संगीतमा अत्यन्तै व्यस्त र लोकप्रिय गायिका मध्यकी अग्रस्थानमा रहेकी गायिका हुन् । उनले नेपाली भाषा बाहेक अन्य १० भन्दा बढी भाषामा सयौं गीतमा आवाज दिएकी छिन् । उनले दर्जनौं सांगीतिक अवार्डहरूसहित विभिन्न सम्मान प्राप्त गरेकी छिन् भने दर्जनौं गीतहरू चर्चित रहेका छन् ।

प्रकाशित मिति: फाल्गुन २९ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend