Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साउन १ देखि ८ रोगका बिरामीले २ लाखको उपचार पाउने

हाम्रो कोशी आवाज
असार २५ २०८२, बुधबार
साउन १ देखि ८ रोगका बिरामीले २ लाखको उपचार पाउने

धरानः स्वास्थ्य बिमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन् । मंगलबार राति बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले आठ जटिल रोगीलाई २ लाख उपचार खर्च दिने निर्णय गरेको हो । यो निर्णय साउन १ गतेदेखि लागु हुनेछ ।
यससँगै अब क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य बीमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला थपिएको भन्दै यहि साउन १ गतेबाट आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा पाउने बताएका हुन् ।
उनले भनेका छन्, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं ।’
मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले बोर्डलाई पत्राचार गरेपछि बोर्डले उक्त निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति: असार २५ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानमा बैठक, दुई लाखको विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

    धरान: कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई यस वर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ संयुक्त रूपमा...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानलगायत सुनसरीभर खसीको मासुको मूल्य जथाभावी लिन थालेपछि भाउ तोकियो

    धरानः धरानलगायत सुनसरीभर खसी-बोकाको मासुुको मूल्य तोकिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले खसी-बोकाको मासुको खुद्रा मूल्य प्रतिकेजी अधिकतम १ हजार १०० रुपैयाँ तोकेको छ।...

    • ३ हप्ता अगाडी
    • १ मिनेट पाठ
  • विद्यार्थीले देखाए पेट्रोल र ब्याट्री दुवैबाट कुदने मोटरसाइलकल

    धरानः मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफूले निर्माण गरेका विभिन्न प्राविधिक परियोजनाहरू प्रदर्शन गरेका छन् । पोलिटेक्निकको सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स,...

    • ३ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend