Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस वर्षको दशैंको टीका साइत सार्वजनिक

हाम्रो कोशी आवाज
भाद्र ३१ २०८२, मंगलबार
यस वर्षको दशैंको टीका साइत सार्वजनिक

धरानः यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।
नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।
उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।
त्यसैगरी ७ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा, १३ गते फूलपाती तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा उत्तम मानिएको छ। समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने उल्लेख छ।

प्रकाशित मिति: भाद्र ३१ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend