Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानलाई ४८ लाखको मेडिकल सामग्री सहयोग

हाम्रो कोशी आवाज
चैत्र १७ २०८२, मंगलबार
धरानको बीपी प्रतिष्ठानलाई ४८ लाखको मेडिकल सामग्री सहयोग

धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई पेष्ट प्रो सोलुसन प्रालिले करिब ४८ लाख रुपैयाँ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ।

आर्थिक संकटबाट गुज्रिरहेको प्रतिष्ठानलाई सहयोग गर्न उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठ ले आह्वान गरेपछि उक्त सहयोग प्राप्त भएको हो।

प्रतिष्ठानका अनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोगमध्ये यो एक हो। सोमबार आयोजित एक कार्यक्रममा प्रालिकी प्रोपाइटर सुप्रिया माझी वनेपाली र उनका श्रीमान दीपक वनेपालीले उपकुलपति श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए।

प्रालिका अनुसार कुल ४७ लाख ८८ हजार ७ सय रुपैयाँ बराबरका सामग्री प्रदान गरिएको हो। उपकुलपति श्रेष्ठले दाता दम्पत्तिलाई धन्यवाद दिँदै प्रतिष्ठान अझै पनि आर्थिक संकटमै रहेको बताए। उनले प्रतिष्ठान सुधारका लागि आन्तरिक मात्र नभई बाह्य सहयोग पनि आवश्यक रहेको उल्लेख गरे।

प्रतिष्ठानका इलेक्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रका अनुसार आवश्यक सामग्री अभावका कारण धेरै उपकरण खरिद गर्न समस्या भइरहेको थियो। प्राप्त सामग्री तत्काल प्रयोगमा ल्याइने र यसले सेवा प्रवाहमा सहजता ल्याउने उनले बताए।

प्रोपाइटर दीपक वनेपालीले प्रतिष्ठानलाई पुरानै अवस्थामा फर्काउने अभियानमा साथ दिन सामग्री सहयोग गरिएको बताए। उनले उपकुलपतिको पारदर्शिता र सुधारको प्रयासबाट प्रभावित भएर सहयोग गर्ने निर्णय गरेको उल्लेख गरे।

प्रकाशित मिति: चैत्र १७ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend