धरानः धरानमा पुनः भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत सङ्कलन थालिने भएको छ ।
धरान उपमहानगरपालिकाले यसअघि लगत सङ्कलन प्रक्रियामा छुट भएका उनीहरूको लागि पुनः लगत सङ्कलन हुने भएको हो । धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा बुधबारदेखि लगत सङ्कलन थालिने जनाइएको छ ।
सूचामा पाँचदिनभित्र वडा कार्यालयमा उपस्थित भएर लगत सङ्कलन फारम भर्न आग्रह गरिएको छ ।
