धरानः
धरानमा टेम्पो चालक पेस्तोल लुटिएका छन् । पेस्तोल देखाएर उनले लगाएको एक तोलाको सुनको सिक्री लुटिएको छ ।
चालक धरान–१५ श्यामचोक निवासी टंक मोक्तानले लगाएको सुनको सिक्री र एकथान मोबाइल समेत लुटिएको उनले जानकारी दिएका छन् । लुटेरा समूहले टेम्पोको चाबी समेत लुटेर भागेको उनले जानकारी दिएका छन् ।
शुरुमा केराबारी जानू छ भन्दै टेम्पोमा चढेको र मोरङको केराबारी–६ चोक्टी नाका पुगेपछि सबै लुटेर फरार भएको उनले जानकारी दिए ।
