Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गृहमन्त्री भएपछि सुधन गुरुङ पहिलोपल्ट धरानमा

हाम्रो कोशी आवाज
असार २० २०८३, शनिबार
गृहमन्त्री भएपछि सुधन गुरुङ पहिलोपल्ट धरानमा

धरानः गृहमन्त्री भएपछि धरानमा पहिलोपल्ट सुधन गुरुङ आइपुगेका छन् ।
धरान आइपुगेका उनले स्थानीयबासीहरूसँग पनि भेटघाट गरेका छन् । उनले धरानस्थित ट्राफिक प्रहरीको भवन निर्माणका लागि बजेट छुट्याइसकिएको र चाँडै बन्ने बताएका छन् ।
उनले धरानमा प्रहरी बीपी प्रतिष्ठानको जग्गामा बसिरहेकोबारेमा पनि ध्यानाकर्षण भएको बताएका छन् । उनले यसअघि धरानमा सेभ घोपा आन्दोलनमा सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिएका थिए ।
धरानस्थित बीपी प्रतिष्ठानमा पुगेका गृहमन्त्री गुरुङलाई रास्वपा नेतृ सरिन तामाङले पाँचथरमा ५ वर्षीया बालिका बलात्कारको शिकार भएको स्मरण गराएकी थिइन् ।
गृहमन्त्री गुरुङ विराटनगर हुँदै धरान आइपुगेका हुन् । खुल्ला सीमा नाकाबाट भइरहेको अवैध कारोबारलाई नियन्त्रण गर्ने आश्वास दिएर फर्किएका उनले यो कार्य रोक्न तीन तहका सरकारले मिलेर काम गर्नुपर्ने बताएका छन् । उनले आगामी साउनदेखि गृहमन्त्रालयले केही सुधार योजना ल्याएको र त्यो कार्यान्वयन गर्न तीन तहको सरकार मिल्नुपर्ने बताए ।
उनले जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, सीमा नाका रानी र एकीकृत जाँच चौकी (आईसिपी), जिल्ला प्रहरी कार्यालय मोरङ, आईसिपी नजिकै रहेको विराट राजाको दरबार समेतको अनुगमन गरेका थिए ।
उनले तस्करी होस् की गुण्डागर्दी, अन्त्य चाहेको बताउँदै सुशासनका हरेक पक्षमा सकारात्मक छाप परेको हुनुपर्नेमा जोड दिएका छन् । तस्वीरः रुटिन अफ धरान बन्द

प्रकाशित मिति: असार २० २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend