Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकामा लिम्बू भाषालाई कामकाजको भाषा बनाउन माग

हाम्रो कोशी आवाज
असार २२ २०८३, सोमबार
धरान उपमहानगरपालिकामा लिम्बू भाषालाई कामकाजको भाषा बनाउन माग

धरानः धरान उपमहानगरपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाइएको हो । याक्थुङ लिम्बू भाषिक सांस्कृतिक नागरिक अभियानले उपमहानगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएको नागरिक अभियानका अध्यक्ष राम आङ्बुहाङले जानकारी दिए । उनले अभियानले ज्ञापनपत्र बुझाएर उपमहानगरपालिकालाई भाषा आयोगको सिफारिसको आधारमा याक्थुङ लिम्बू भाषा सरकारी कामकाजको भाषा बनाउन दबाब सिर्जना गरिएको बताए ।
सांस्कृतिक अभियन्ता अमित थेबेले धरानमा याक्थुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन पर्याप्त कानुनी तथा जनसाख्यिक आधार रहेको बताउँदै राष्ट्रिय जनगणना २०७८ अनुसार धरानको कुल १ लाख ६६ हजार ५ सय ३१ जनसंख्यामध्ये लिम्बू समुदायको संख्या करिब २१ हजार ६ सय ५० अर्थात् १३.०१ प्रतिशत रहेको बताए । स्थानीय सरकारको दोस्रो सरकारी कामकाजको भाषा बनाउन संवैधानिक र व्यावहारिक आधार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: असार २२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend