Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक, कार्यकर्ता जनकपुरमा खेदाइए

हाम्रो कोशी आवाज
साउन ५ २०८३, मंगलबार
हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक, कार्यकर्ता जनकपुरमा खेदाइए
धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ जानकी मन्दिर दर्शन गर्न आउन लागेपछि हिन्दूवादी संगठनले विरोध जनाएका छन् ।
मंगलबार अध्यक्ष साम्पाङ जानकी मन्दिरमा दर्शन गर्न आउन लागेकोमा उनको विरोधमा नाराबाजी गरिएको छ । सम्राट सेना लगायतका हिन्दूवादी संघ संस्थाले ‘जय श्री राम’, ‘हर्क साम्पाङ मुर्दावाद’, ‘हिन्दू विरोधी मुर्दाबाद’ लगायतको नारा लगाउँदै विरोध जनाएपछि प्रहरीहरु र उनीहरुबीच ठेलमठेल भएको हो ।
यता धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले सुरक्षा व्यवस्था कडा गरिएको बताए ।
यसैबीच पार्टी अध्यक्ष साम्पाङलाई स्वागत गर्न आएका नेता-कार्यकर्तालाई हिन्दू सम्राट सेनाका कार्यकर्ताले खेदाएका छन् ।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता–कार्यकर्ता खेदाएका हुन् ।
हिन्दू सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्ने जनाएको छ । हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै मन्दिर प्रवेश गर्न नदिने पूर्वघोषणा गरेको थियो ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !
उनले उहिलेको कुरा अनि धर्मको कुरा लिएर लफडा भएको पनि उल्लेख गरेका छन् । साथै साम्पाङले आफ्ना पार्टी कार्यकर्तालाई संयमित हुन आग्रहसमेत गरेका छन् । पछिल्लो स्टाटसमा साम्पाङले जानकी मन्दिर परिसरमा आफ्ना कार्यकर्तामाथि दुर्व्यवहार भएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘जानकी मन्दिर परिसरमा हाम्रा श्रमदाताहरूलाई दुर्व्यवहार भएछ। त्यसैले मन्दिर दर्शन गर्न नसक्ने भइयो आज। कुनै दिन जानकी देवीले दर्शन दिनुहोला ।
जनकपुरमा आज श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति: साउन ५ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend