Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कुवेतको ड्रोन आक्रमणमा तेह्रथुमका तामाङको मृत्यु

हाम्रो कोशी आवाज
साउन १५ २०८३, शुक्रबार
कुवेतको ड्रोन आक्रमणमा तेह्रथुमका तामाङको मृत्यु

कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार तामाङ त्यहाँ सवारी चालकका रूपमा कार्यरत थिए ।
दूतावासले हिजो भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी पूरा गर्ने जनाएको छ ।
यसैबीच, दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षासम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्न तथा सुरक्षित स्थानमा रहन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति: साउन १५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend