Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारले गरयो सहयोगको अपील, प्रधानमन्त्री राहत कोषदेखि अन्य बैंकको खाता नम्बर सार्वजनिक

हाम्रो कोशी आवाज
भाद्र १० २०८३, बुधबार
सरकारले गरयो सहयोगको अपील, प्रधानमन्त्री राहत कोषदेखि अन्य बैंकको खाता नम्बर सार्वजनिक

धरानः आज (बुधबार) बिहान ८:४० बजे रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक र भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीको तीव्र बहावका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका तटीय क्षेत्रहरू नराम्ररी प्रभावित भएका छन्।
विपद् लगत्तै सरकारले प्रभावित क्षेत्रहरूमा उद्धार, खोजी र राहतका कार्यहरूलाई तीव्रता दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएका छन्। बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्य हाल जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण र दीर्घकालीन पुनःस्थापनाका लागि ठूलो स्रोतको आवश्यकता पर्ने उल्लेख गरेको छ। यस कठिन घडीमा पीडितहरूलाई सहयोग पुर्याउन सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा आर्थिक सहयोग गरिदिन आम नागरिक, निजी क्षेत्र तथा विभिन्न संघ-संस्थाहरूमा हार्दिक अपील गरेको छ।
सहयोग गर्न चाहने इच्छुक महानुभावहरूका लागि सरकारले विभिन्न बैंकहरूमा रहेका खाता नम्बरहरू सार्वजनिक गरेको छ:
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि खाता नम्बरहरू:
हिमालयन बैंक लिमिटेड: ०१९०५६३१२१००४६ ($ डलर खाता समेत)
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.: ०१०१३२४३८०१ र ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक: ११३०१००००३७६२००१ र ११३०१००००००६००६
एभरेष्ट बैंक लिमिटेड: ००१००१०५२००२७० र ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड: ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लि.: ००४०१०१०००००५७ र ००४११०१००००००५
नबिल बैंक: १७१००१७५०५२८५
कृषि विकास बैंक लि.: ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोषका लागि खाता नम्बर:
राष्ट्रिय वाणिज्य बैंक: १४३०१००००००२५००६ र १४३०१००००११६४००१

प्रकाशित मिति: भाद्र १० २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend