धरानः
रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सरकारले बनाएको प्रधानमन्त्री दैविप्रकोप तथा राहत कोषमा मात्रै राहत दिन आग्रह गरेको छ ।
सरकारले नै राहत वितरण गर्ने र एकद्वार प्रणाली बनाएर दिने यस्तो राहतका लागि सरकरले आव्हान गरेको २४ घण्टामै करिब साढे ४६ अर्ब रुपैयाँ संकलन भएको छ ।
कोषमा बिहीबार एकैदिन ठूलो परिमाणमा सहयोगको घोषणा भएको छ। सरकारी निकाय, अन्तर्राष्ट्रिय दातृ संस्था र निजी क्षेत्रका व्यवसायीहरूबाट गरी कुल ४६ अर्ब ६० करोड रुपैयाँभन्दा बढी (प्रतिबद्धता र विनियोजन समेत) को सहयोग प्राप्त भएको छ ।
बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि अर्थ मन्त्रालयले २० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
विश्व बैंकले सबैभन्दा ठूलो हिस्सा अर्थात् २५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, बेलायत सरकारले झन्डै १ अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायता उपलब्ध गराउने भएको छ ।
निजी क्षेत्रका बैंक, बिमा कम्पनी र औद्योगिक घरानाहरूले पनि करोडौं रुपैयाँ सहयोगको घोषणा गरेका छन्। व्यवसायिक संस्थाहरूमध्ये सबैभन्दा ठूलो रकम घोषणा गर्नेमा गोरखा ब्रुअरीले १० करोड, साइमेक्स इंक (बीवाइडी) ले ७ करोड र ग्लोबल आईएमई बैंकले ५ करोड रुपैयाँ सहयोग गरेका छन् ।
विपद्को यस घडीमा स्थानीय सरकारका तर्फबाट ललितपुर महानगरपालिकाले समेत १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
संकलित यो रकम बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत सामग्री वितरण र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ ।
यसबाहेक सरकारले सहयोग आह्वान गरेपछि देश विदेशमा रहेका नेपालीसहितका नागरिकले व्यक्तिगत रुपमा पनि ठूलो धनराशि सहयोग गरेका छन् । त्यस्तै प्रदेश सरकार, स्थानीय तहहरूले पनि सहयोग गरेका छन् जुन रकम यहाँ उल्लेख गरिएको छैन ।
सहयोग गर्ने निकाय तथा संस्थाहरूको सूची
१ विश्व बैंक २५ अर्ब (प्रतिबद्धता)
२ अर्थ मन्त्रालय २० अर्ब (विनियोजन)
३ बेलायत सरकार ५० लाख पाउण्ड (करिब १ अर्ब)
४ आईएफआरसी १२ लाख अमेरिकी डलर (करिब १९ करोड)
५ गोरखा ब्रुअरी १० करोड
६ साइमेक्स इंक (बीवाइडी) ७ करोड
७ अमेरिकी क्याथोलिक रिलिफ सर्भिसेस ५ लाख डलर (करिब ६.६ करोड)
८ ग्लोबल आईएमई बैंक ५ करोड
९ कुमारी बैंक ३ करोड
१० नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) २ करोड ५० लाख
११ गोल्छा ग्रुप (शेखर गोल्छा) १ करोड ५० लाख
१२ एनसेल १ करोड
१३ कालिका कन्स्ट्रक्सन १ करोड
१४ आईएमई लाइफ इन्स्योरेन्स १ करोड
१५ एक्ट्रीम एनर्जी ड्रिङ्क्स १ करोड
१६ ललितपुर महानगरपालिका १ करोड
१७ म्याक्सम नेपाल ७० लाख
१८ प्रभु महालक्ष्मी लाइफ ५१ लाख
१९ नासा सेक्युरिटिज ५० लाख
२० कामना सेवा विकास बैंक २५ लाख
२१ हिमालयन बुलियन २१ लाख
२२ नाडा १० लाख
२३ नेपाल लेयर्स कुखुरा पालक संघ १० लाख