Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘सबैलाई भाग्न भन्दाभन्दै म फँसें, महामन्त्र जप्दै बसें’

हाम्रो कोशी आवाज
भाद्र १९ २०८३, शुक्रबार
‘सबैलाई भाग्न भन्दाभन्दै म फँसें, महामन्त्र जप्दै बसें’

धरानः नुवाकोटमा रहेको त्रिशूली–३ ‘ए’ को सुरुङबाट बाढीको १० औँ दिन शुक्रबार बिहान उद्धार गरिएका दुईजनामध्ये एक सञ्जय साहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढीलगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताएका छन् ।
सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको उनको प्रतिक्रिया छ । कन्ट्रोल रुममा कार्यरत साहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै केही व्यक्ति फसेका हुन सक्ने पनि जानकारी दिए । सुरुङभित्रको कठिन समय कसरी कटाउनुभयो भन्ने उद्धारकर्मीको जिज्ञासामा उनले भने, “भित्र म भगवान्‌को नाम सम्झिँदै निरन्तर ‘हरे कृष्ण’ महामन्त्र जपिरहेको थिएँ।”
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ का ३० वर्षीय साह त्रिशूली–३ ‘ए’ मा एचईपीमा फोरम्यान अर्थात् (मेकानिकल) का रूपमा कार्यरत थिए ।
त्यस्तै, ४५ वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डौको बालकुमारीका कविर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ । जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ । सञ्जय साहको अवस्था भने सामान्य छ । त्रिशूली–३ ‘ए’ मा अरू केही फसेका हुनसक्ने आशङ्कामा खोजी तथा उद्धार कार्य भइरहेको छ ।

प्रकाशित मिति: भाद्र १९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend