Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इजरायलमा नेपाली १४६४ कामदार जान पाउने, तलब ३ लाख बढी

हाम्रो कोशी आवाज
भाद्र २३ २०८३, मंगलबार
इजरायलमा नेपाली १४६४ कामदार जान पाउने, तलब ३ लाख बढी

धरानः इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन खुलेको छ ।
एक हजार १३२ जना महिला र ३३२ जना पुरुष कामदार माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ। वैदेशिक रोजगार विभागको सूचनाअनुसार एक हजार १३२ जना महिला र ३३२ जना पुरुष गरी कुल १ हजार ४६४ जना नेपाली कामदारको माग गरिएको हो । आज राति १२ बजेदेखि आगामी असोज २६ गते राति ११:५९ बजेसम्म दिन सकिने छ।
आवेदन दिने अन्तिम दिनसम्म २५ वर्ष उमेर पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने छ। कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए. सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धि कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ।
आवेदन दिनका लागि पासपोर्टको म्याद समाप्त हुन कम्तीमा १ वर्ष बाँकी रहनुपर्ने, विगतमा इजरायलमा गई कार्य नगरेको हुनुपर्ने, बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने लगायतका मादण्ड तोकिएको छ।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत दिन सकिन्छ । कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ ।
आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत ferms.dofe.go.np मार्फत आवेदन दिन सकिनेछ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। यो नेपालीमा करिब ३ लाख २३ हजार बढी हो । इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ।
कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्। वार्षिक बिदा भने इजरायली सरकारको कानुनअनुसार हुने बताइएको छ।
कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ। तर, बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।

प्रकाशित मिति: भाद्र २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend