Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चाडपर्व नजिकियो, आपूर्ति नहुनेमा चिन्ता

हाम्रो कोशी आवाज
भाद्र २३ २०८३, मंगलबार
चाडपर्व नजिकियो, आपूर्ति नहुनेमा चिन्ता

धरानः चाडपर्व नजिकिँदै गर्दा देशको आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम बढेको छ ।
एकातिर पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुँदा खाना पकाउने एलपी ग्यासको आपूर्ति घटेको छ भने अर्कोतिर रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि रोकिएका फलफूलका कन्टेनरलाई कोरला नाकाबाट भित्र्याउन थालिएको छ ।
कृष्णभीरमा पहिरोका कारण नियमित ढुवानी मार्ग अवरुद्ध भएपछि ग्यास उद्योगहरूले त्रिभुवन राजपथलगायत वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । घुमाउरो तथा असहज बाटोबाट ढुवानी गर्नुपर्दा काठमाण्डौमा मागअनुसार ग्यास ल्याउन कठिन भएको व्यवसायीहरूले बताएका छन् ।
यस्तै उत्तरी कोरला नाकाबाट रोकिएका फलफूलका कन्टेनर नेपाल भित्रिन थालेका छन् । विशेषगरी चाडपर्वका बेला खाद्यान्न, फलफूल, ग्यासलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले अहिले देखिएको सडक तथा सीमा नाका अवरोध लामो समय कायम रहे आपूर्ति शृङ्खलामा थप दबाव पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ ।

प्रकाशित मिति: भाद्र २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend