Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

हाम्रो कोशी आवाज
असोज १ २०८३, बिहिबार
वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।
इम्पेरिअल कलेज लन्डनसहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह ‘वल्र्ड वेदर अट्रिब्युशन’ ले सार्वजनिक गरेको पछिल्लो अध्ययनअनुसार ५ हजार १५० मिटर उचाइमा रहेको पहाडको ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो । झन्डै २.२ वर्गकिलोमिटर क्षेत्रबाट ११ करोड घनमिटर चट्टान र हिउँ १४ सय मिटर तल बज्रिँदा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो ।
अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिके ओटोका अनुसार मानवका कारण बढेको तापक्रमले हिमाली क्षेत्रको ‘पर्माफ्रस्ट’ अर्थात् अत्याधिक चिसोले जमेको भूमि पगालेको छ । यस क्षेत्रमा जुलाई र अगस्ट महिनाको तापक्रम सामान्यभन्दा १.५ डिग्री सेल्सियस बढी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए ।
यसअघि २०७२ सालको भूकम्पले कमजोर बनाएको पहाडी भीर, अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्ररूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदरु्बाट बच्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्वसूचना प्रणालीलाई तत्काल सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: असोज १ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend