Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
सास्थम कलेजमा बीबीए र बीएचएमका नयाँ विद्यार्थीलाई स्वागत

विराटनगरः सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना स्वागत गरेको छ ।
विराटनगरस्थित रत्ना होटलमा आयोजित स्वागत तथा अभिमुखीकरण कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा प्रमुख अतिथिका रूपमा सहभागी थिए । उपकुलपति मरहट्टाले विद्यार्थीले उच्च शिक्षालाई पाठ्यक्रम र परीक्षामा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, सीप र दक्षता विकासमा जोड दिनुपर्ने बताए । उनले बदलिँदो समय र प्रविधिअनुसार आवश्यक ज्ञान तथा क्षमता हासिल गर्दै विद्यार्थीले आफूलाई प्रतिस्पर्धी र सक्षम बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बीबीएतर्फ ९६ जना र बीएचएमतर्फ १४४ जना गरी कुल २४० जना नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा विद्यार्थीलाई उच्च शिक्षासँगै व्यावसायिक तथा व्यवहारिक ज्ञान, सीप र दक्षता हासिल गर्न प्रेरित गरिएको थियो । क्याम्पस प्रमुख विनय विष्णु केसीले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि कलेजले आवश्यक वातावरण निर्माण गर्दै आएको बताए ।
उनले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र व्यावहारिक सिकाइमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गरे । बिएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेशले नयाँ विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक यात्रामा कलेज परिवारबाट आवश्यक सहयोग र सहजीकरण हुने बताए । कार्यक्रममा विद्यार्थीहरूले कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली तथा आगामी अवसरबारे जानकारी लिएका थिए । कार्यक्रममा सास्थम कलेजका क्याम्पस प्रमुख विनय विष्णु केसी, क्याम्पस व्यवस्थापक महेश्वरप्रसाद सिंहलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend