Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीबाट १४ सय ५४ किलो गाँजासहित समातिए

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
सुनसरीबाट १४ सय ५४ किलो गाँजासहित समातिए

धरानः सुनसरीबाट प्रहरीले १४ सय ५४ केजी गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई शनिबार बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा को१च ८२७९ नम्बरको टाटा पिकअपमा गाँजा लोड गर्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार बरामद गाँजाको तौल १ हजार ४५४ किलो ८७० ग्राम रहेको छ ।
प्रहरीका अनुसार यादवविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । मुद्दामा फरार रहेका उनी गाँजाको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन् । गाँजा र पिकअपसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend