Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको देवानगन्जमा झडपः दुईजना समातिए

हाम्रो कोशी आवाज
असोज ३ २०८३, शनिबार
सुनसरीको देवानगन्जमा झडपः दुईजना समातिए

धरानः सुनसरीको देवानगञ्जमा दुई समूहबीच झडपमा संलग्नको आरोपमा दुईजना पक्राउ परेका छन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा २४ वर्षीय निरजकुमार यादवको खुट्टामा चोट लागेर घाइते भई हाल विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खडकाले जानकारी दिए ।
घाइतेको स्वास्थ्य अवस्था मध्यम रहेको उनले जानकारी दिए । घटनामा संलग्न मध्यहर्षाही वडा नं. २ बस्ने १८ वर्षीय विष्णुकुमार यादव र वडा नं. २ बस्ने २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनामा संलग्न अन्य मानिसहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
सोही घटनालाई लिई सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा गोली प्रहारबाट मानिस मृत्यु र घाइते भएको भनी भ्रमपूर्ण समाचार सम्प्रेषण भएको पाइएकोले यथार्थ बुझेर मात्रै समाचार सम्प्रेषण गरिदिनु हुन समेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: असोज ३ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend