धरानः धरानमा ज्यान मार्ने उद्योग मुद्दामा फैसला आएपछि भाग्दै आएका एक व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन् ।
धरान–२० घर भई धरान–१७ सुन्दर वस्ती बस्ने २४ वर्षीय विशालराईलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लागूऔषधसहित समातेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काका अनुसार सुनसरी जिल्ला अदालतको २०८२ भदौ १८ गतेको फैसलाले मुद्दा ०८१–सी १–०४१४ भएको ज्यान मार्ने उद्योग मुद्दामा ८ महिना र ५ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका उनी फरार रहँदै आएका थिए ।
उनको खोजी गर्ने क्रममा उनको घरकोठामा खानतलासी गर्दा लागूऔषध डिकोलिक १० हजार ट्याब्लेट फेला परेपछि पक्राउ गरेर उनलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।