Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गायिका तृष्णा गुरुङले तताइन्, आज दीपक लिम्बू, भोलि मेलिना राई आउने (भिडियोसहित)

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७६, सोमबार
धरानमा गायिका तृष्णा गुरुङले तताइन्, आज दीपक लिम्बू, भोलि मेलिना राई आउने (भिडियोसहित)

धरानः धरानमा जारी १० दिने औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा युवापुस्ताको लोकप्रिय गायिका तृष्णा गुरुङले धरानेलाई नचाएकी छिन् ।
खनी हो यामू ए कान्छा, गाइने दाजै लगायत आधा दर्जन गीत पस्किँदै उनले धरानेलाई मनोरञ्जन प्रदान गरिन् । युवापुस्ताले मन पराएकी यी गायिका तृष्णालाई धराने दर्शकले पनि साथ दिए । उनी प्रायः मौलिक ग्रामीण शैलीका गीत मात्र गाउँछिन् ।
यसैबीच सोमबार साँझ चर्चित गायक दीपक लिम्बूको प्रस्तुति रहेको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए । प्रचारप्रसार संयोजक मानबहादुर दियाली विश्वकर्माका अनुसार मेलामा दिनैपिच्छे राष्ट्रिय कलाकार आउने क्रम जारी छ ।
यसअघि मेलामा सांगीतिक कार्यक्रमको लागि अहिले सम्म धरानको वाल्किंग क्लाउड ब्याण्ड, चर्चित गायक शिव लामिछाने शिवाज, शिव परियार, चर्चित गायिका तृष्णा गुरुङ लगायतले मनोञ्जनात्मक प्रस्तुति दिइसकेका छन् । भोलि चर्चित गायिका मेलिना राईलगायतको प्रस्तुति रहने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति: फाल्गुन १९ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend