धरानः धरानस्थित ह्वाइट हाउस कलेजमा कमेडियन दले दाइ अर्थात् सुमन कोइराला आइपुगेका छन् ।
उनलाई रङ्गकर्मी, कलेज परिवार, अन्य विशिष्ट कलाकारले स्वागत गरेका थिए । उनले त्यहाँ भोट पनि मागिएको थियो । कलेजका सिइओ अरुण प्रधान, अध्यापकलगायतले उनलाई स्वागत गरेका थिए । उनले त्यहाँ पनि केहीबेर हँसाए ।
विगत केही वर्षदेखि होटेल म्यानेजमेण्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको ह्वाइट हाउस कलेजले यो क्षेत्रमा फड्को मार्दै गएको छ । इन्टरनेशनल डिप्लोमा इन कुलनरी आट्सको लेभल तीन र चार, त्यसैगरी इन्टरनेशनल डिप्लोमा इन होटल म्यानेजमेन्ट लेभल तीन र चारको लागि ओथम क्वालिफिकेसन युकेको कोर्षमा विगत तीन वर्षदेखि कक्षा गर्दै आएको कलेजले यही ४ वटा विषयका लागि आधिकारिकरूपमा सम्बन्धन वितरण गर्न सक्नेछ ।
औद्योगिक व्यापार मेलामा पनि
कमेडी च्याम्पियनमा दले दाइको भूमिकाबाट लोकप्रिय बनेका उनी अहिले विभिन्न शहरहरूमा भोट माग्दै कार्यक्रमहरूमा ब्यस्त देखिन्छन् । उनले धरानस्थित औद्योगिक व्यापार मेलामा पनि हँसाए र भोट मागे । उनलाई सोमबार साँझ मन पराउने फ्यानहरूले पनि पछ्याए, सेल्फी खिचे ।
कमेडी मार्फत राजनीति तथा समसामयिक विषयमा मौलिक पाराले चोटिलो प्रहार गर्न खप्पिस उनी अहिले पूर्वमा निकै लोकप्रिय बन्दै गएका छन् ।
उनी नेपालमै पहिलोपटक कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ठूलो रियालिटी सो कमेडी च्याम्पियनमा दले दाइको भूमिकाले विश्वभर चिनिएका छन् ।

