Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भुवनले ल्याए अञ्जु पन्तको स्वरमा धनकुटाको नमस्ते झरनालाई अझै चिनाउने गीत

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७६, मंगलबार
भुवनले ल्याए अञ्जु पन्तको स्वरमा धनकुटाको नमस्ते झरनालाई अझै चिनाउने गीत

धरानः गायक–सङ्गीतकार भूवन सुप्तिहाङ राईको सङ्गीत तथा अञ्जु पन्तको स्वर रहेको गीत नमस्ते छहरा सार्वजनिक भएको छ ।
भुवनकै युट्युव च्यानलमार्फत सो गीत आएको हो । उनले धनकुटाको प्रसिद्ध नमस्ते झरनाबारे वर्णन गरिएको गीत ल्याइएको बताए । धनकुटाको पर्यटकीस्थल नमस्ते झरनाको विषयमा बनेको गीत ‘क्षितिज चुमेको छ, गुर्धुमको पहरा’ भुवनको सङ्गीत र अञ्जु पन्तको स्वर रहेको छ ।
हाल अमेरिकामा रहेका भुवन उता पनि यस्तै गीतहरू तयार पारिरहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय यस्तै विभिन्न ठाउँका पर्यटन गीतहरू गाउन र सङ्गीत भर्न व्यस्त बनेको छु ।’ एकदशकअघि नै भूवनले इलामका रमणीयस्थलको वर्णन गर्दै गाएको गीत चर्चित थियो । यसअघि उनले पाथिभरा मन्दिर, २०७२ को भूकम्पले ध्वस्त पारेका गाउँ बारपाकका बारेमा पनि गीत गाएका छन् ।

प्रकाशित मिति: फाल्गुन २० २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend