Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बगरकोटमा फेसन शो हुने, १४ मोडल एकसाथ उत्रिने

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७६, बिहिबार
बगरकोटमा फेसन शो हुने, १४ मोडल एकसाथ उत्रिने

धरानः धरान–१५ स्थित बगरकोट लोकदोहोरी साँझ लाउन्ज एण्ड बारमा फागुन २९ गते बिहीबार फेसन शो आयोजना हुने भएको छ ।
फेशन शो २०२० को लागि १४ जना मोडलहरू अन्तिम तयारी गरिरहेका छन् । बगरकोट लोकदोहोरीको आयोजनामा हुने उक्त फेसन सोको मोडलहरुलाई क्याट वक, फोटोसुट र क्यामरा फेसिङ लगायतको विषयमा तालिम गराइएको संयोजक मौसम गुरुङले बताए । मनोजञ्जन साथै बगरकोटमा व्यवसायिक व्यापार बनोस भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।
यसअघि भएको अडिसनबाट छनौट भएको १४ जना मोडलहरूले फाइनलको बेला वक गर्ने कार्यक्रम निर्देशक स्नेहा गुरूङले बताइन् । अडिसनबाट धरानको अञ्जना राई, झरना राई, सिम्रन राई, अनु मगर, प्रिया लिम्बू, साइना श्रेष्ठ, मौनता तामाङ, गिता कटुवाल, क्युसा राई र हाङ्मा लिम्बू रहेकी छन । यस्तै इटहरीबाट विनिता चौधरी, तमन्ना राई र रन्जु तामाङ छन भने पथरीबाट मनिता परियार रहेकी छिन् ।
कार्यक्रमको कोरियोग्राफअर मिस लुमियर इन्टरन्यासनल वल्र्ड २०१९ मा मिस ग्लामर टाइटल विजेता सिमरन श्रेष्ठ रहेकी छिन् । कार्यक्रममा मेकअप आर्टिस्ट सुजता गुरुङको मेकअप रहनेछ भने छथरे ढाका उद्योग र सिसा बुटिकको पहिरनमा मोडलले वाक गर्नेछन् । सोमा ढाकाको साडी, गाउन र लेहेंगा, क्याजुअल र वान पिस गरी चार वटा सिक्वेन्स रहनेछ । कार्यक्रममा गरीमा डान्स सेन्टरको प्रस्तुति समेत राखिएको छ । 

प्रकाशित मिति: फाल्गुन २२ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend