Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज विश्व मृगौला दिवसः थाहै नपाइ मृगौला ड्यामेज भएको हुन सक्छ

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७६, बिहिबार
आज विश्व मृगौला दिवसः थाहै नपाइ मृगौला ड्यामेज भएको हुन सक्छ

प्रा.डा. संजिव कुमार शर्मा (प्रोफेसर) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
मृगौला पुरानो रोग भएकाले धेरै मानिसलाई थाहा हुदैन किनकी शुरूको अवस्थामा केही लक्षण देखिदैन । कुनैपनि अवस्थाको मृगौला रोगीको लागि शिक्षा नै शक्ति हो । मृगौला रोगको लक्ष्यण हामीलाई थाहा भएमा यसको छिटो र राम्रो उपचार गर्न मद्दत पुग्दछ । यदि तपाईलाई वा तपाईले चिनेको कसैलाई एक वा एक भन्दा बढी यी मृगौला रोगका लक्ष्यणहरू वा तपाई आफ्नो मृगौलाको समस्याबाट चिन्तित हुनुहुन्छ भने तुरुन्तै चिकित्सकसँग भेटेर रगत र पिसाबको जाँच गराउनुहोस् ।
यी मध्ये धेरै लक्षणहरू मृगौला रोगको कारणले नभइ अरु रोगको कारणले पनि हुन सक्छ । यो थाहा पाउन एउटै मात्र बाटो भनेको डाक्टरको सल्लाह हो ।
लक्षण १– पिसावमा परिर्वतन
मृगौलाले पिसाब बनाउने काम गर्छ त्यसैले जब मृगौलाले काम गर्न छोड्छ तब पिसावमा परिर्वतन हुन्छ । कसरी ?
रातीमा पिसाब फेर्न उठ्नुपर्ने ।
फिज जस्तो पिसाव आउने, छिन छिनमा पिसाब लाग्ने अथवा धेरै मात्रामा पहेंलो पिसाब हुने ।
पिसाब कम लाग्न सक्छ अथवा थोरै मात्रामा धमिलो पिसाव आउने ।
पिसाबमा रगत देखिने ।
पिसाब फेर्न बल लगाउनु पर्ने अथवा पिसाब फेर्न गाह्रो हुने ।
लक्षण –२ सुनिने
बिग्रेको मृगौलाले हाम्रो शरीरमा भएको बढी पानी र फोहर फाल्न सक्दैन जसले गर्दा हाम्रो खुट्टा, घुँडा, पैताला, अनुहार र हात सुनिने हुन्छ ।
लक्षण –३ थकाइ लाग्छ
स्वास्थ्य मृगौलाले एक प्रकारको हर्मोन उत्पादन गर्छ जसलाई इराथ्रोपोइटिन भनिन्छ । यसले हाम्रो शरीरमा अक्सिजन लाने र रातो रक्त कोशिका बनाउन मद्दत गर्छ । यदि मृगौला बिग्रेमा यसले कम मात्रामा इराथ्रोपोइटिन उत्पादन गर्छ । जसले गर्दा मासु र मष्तिस्क धेरै छिटो थाक्छ । यो अवस्थालाई रक्त अलपता भनिन्छ र यसको उपचार गर्न सकिन्छ ।
लक्षण –४ छाला चिलाउने र दाना आउने
मृगौलाले हाम्रो रगतमा भएको फोहर पदार्थ छानेर पिसावद्धारा फाल्छ तर मृगौला बिग्रेमा रगतमा फोहर पदार्थको मात्रा बढी हुन्छ जसले गर्दा धेरै चिलाउने र छालाको रंग परिर्वतन हुन्छ ।
लक्षण– ५ भोक नलाग्नु वा मुख तितो हुनु
हाम्रो शरीरमा फोहोर कुरा जस्तै युरिया रगतमा धेरै भएमा खानामा रुची घट्ने र सास गन्हाउने हुन सक्छ । यसले गर्दा मासु खान मन नलाग्ने र तौल पनि घट्दै जान्छ ।
लक्षण –६ वाक वाक र वान्ता
रगतमा युरिया जस्ता फोहर पदार्थको मात्रा धेरै भएमा वाक वाक लाग्ने र वान्ता आउने हुन सक्छ । जसले गर्दा खान मन नलाग्ने र तौल घट्दै जान्छ ।
लक्षण –७ स्याँ स्याँ हुनु
सास फेर्न अफ्ठ्यारो हुनुको मुख्य २ वटा कारण छन्
– शरीरमा बढी भएको पानी फोक्सोमा जम्मा भएमा
– रक्त अल्पता भएमा (शरीरमा अक्सिजनको मात्रा कम भएमा)
लक्षण –८ जाडो हुनु
शरीरमा रगतको मात्रा कम भएमा न्यानो कोठामा पनि बढी जाडो हुन्छ ।
लक्षण –९ टाउको रिंगाउने र ध्यान केन्द्रित गर्न नसक्नु
मृगौला बिग्रेमा रगतको मात्रा कम हुन्छ जसले गर्दा दिमागमा पुग्ने रगत र अक्सिजनको मात्रा कम हुन्छ । साथै शरीरमा धेरै फोहर भएमा पनि दिमागले राम्ररी काम गर्दैन जस्तैः स्मरणशक्ति कम हुनु, ध्यान केन्द्रित नहुनु र होस हराउने जस्ता लक्षण देखिन्छन् ।
लक्षण – १० खुट्टा र कोखाको पछाडि दुख्नु
केही मानिसहरूमा मृगौलाको समस्या भयो भने पछाडि को ढाड दुख्न सक्छ जस्तैः मृगौलामा पथरी भएमा वा पिसाब मार्गमा अवरोध भएमा खुट्टा वा ढाडको पछाडि दुख्न सक्छ ।
यी मध्ये कुनै पनि लक्षण तपाईमा देखिएमा वा तपाई आफ्नो मृगौलाको अवस्था थाहा पाउन इच्छुक हुनुहुन्छ भने चरक हस्पिटलमा जाँच गराइ समयमै स्वास्थ्य लाभ लिनुहोस् ।
मृगौला र मुटुबीचको सम्बन्ध
मुटु र मृगौला शरीरका अभिन्न दुई अंग हुन् । शरीर संचालनमा दुवैको महत्वपूर्ण भूमिका हुन्छ । कुनै एकलाई असर परयो भने स्वतः अर्कोलाई असर पर्ने गर्दछ । मृगौला खराब भई मृगौलाको शुद्धिकरण दर घट्नु वा पिसाबमा प्रोटिन जानुले हृदयघातको जोखिमलाई अत्यधिक बढाउने गर्छ । पूर्वाञ्चलका करिब ३५ हजार सर्वसाधारणको घरदैलोमै पुगी विगत केही वर्षदेखि हामीले गरेको अध्ययन अनुसन्धानबाट पिसाबमा प्रोटिन जानु एवं मृगौलाको शुद्धिकरणको दर घट्ने घटनाले कार्डियोभास्कुलर रोगको जोखिम २० प्रतिशतले बढ्ने देखिएको छ । जसलाई हामीले अन्तराष्ट्रिय जर्नल मार्फ सन् २०१० मा र्सार्वजनिक गरेका थियौं ।
सोही अनुसन्धानबाट २० दशमलव ७ प्रतिशत मानिसहरु मेटाबोलिक सिन्ड्रोम (मोटोपना तथा रगतमा बोसोपन देखिनु बाट ग्रसित भएको देखिएको थियो भने १० प्रतिशतलाई कुनै न कुनै प्रकारको मृगौला रोगको लक्षणहरू समेत देखिएको थियो । यसले के देखाउँछ भने मृगौला तथा मुटुरोगीहरू समाजमा भूसको आगोसरी बढिरहेका छन् । मुटु र मृगौला दुवैलाई बिगार्ने कारकतत्वहरु (जस्तैः मधुमेह, हाइपरटेनसन, धुम्रपान, शारीरिक ब्यायामको अभाव आदी एकै प्रकारका भएका कारणले पनि यी दुवैको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने आवश्यकतालाई हामी सबैले महशुश गरेका छौं ।
त्यसैले मृगौलामा असर पर्नु भनेको मुटुमा असर पर्नु हो । त्यसैले भनिन्छ, मृगौला जोगाउनु भनेको मुटुलाई जोगाउनु हो । मृगौलाबाट उत्पादन हुने हर्मोनले रक्तचाप नियन्त्रणमा अहम् भूमिका खेल्दछ । त्यस दृष्टिकोणले पनि रक्तसञ्चार प्रक्रियामा मृगौलाको प्रत्यक्ष असर देखिन्छ ।
मृगौलाका तीन कार्यहरू
१. रगतमा भएका हानिकारक तत्वहरुलाई पिसाबको माध्यमबाट बाहिर फ्याक्ने गर्दछ र शुद्ध रगत फेरी शरीरमा पठाउने गर्छ ।
२. स्वास्थ्यको लागि शरीरलाई चाहिने पानी र खनिज पदार्थको मात्रालाई सन्तुलित राख्ने गर्छ ।
३. शरीरको अन्य कार्यलाई नियन्त्रण गर्नको निम्ति ग्रन्थीरस हर्मोन उत्पादन गर्छ ।
मृगौला रोगका लक्षण तथा चिन्हहरू
मृगौला रोगको मुख्य लक्षण भन्नु नै शुरुवातमा यसको कुनै लक्षण नदेखिनु हो । तपाईलाई थाहा नभईकन नै तपाईको मृगौला खराब हुन सक्छ । जबसम्म मृगौला पूर्ण रुपले खराब हुँदैन तबसम्म त्यसका लक्षणहरू नदेखिन सक्छन् । त्यसैले समयमै रगत तथा पिसाब परीक्षण गर्नु अति आवश्यक हुन्छ ।
मृगौला रोगका लक्षण तथा चिन्हहरू
१. पिसाबमा प्रोटिनरएल्बुमिन निस्कनु ।
२. उच्च रक्तचाप हुनु ।
३. खुट्टा सुन्निनु र खुट्टा बाउंडिनु ।
४. धेरैपटक पिसाब लाग्नु (विशेष गरी राती
५. मधुमेहको विरामीले लिने इन्सुलिन सुई वा चक्कीको आवश्यकता कम हुनु ।
६. वाक्वाक् लाग्नु र बान्ता हुनु ।
७. कमजोरी र रगतको कमी हुनु ।
मृर्गौला रोग र मधुमेहको सम्बन्ध
मृर्गौला रोग सामान्यतः जन्मजात विकृति, मुत्र प्रणालीको संक्रमण, बाथरोग, उच्च रक्तचाप र मधुमेह रोग आदिका कारणले लाग्दछ । यीमध्ये मधुमेह र उच्च रक्तचाप मृगौलाका प्रमुख कारण हुन् । मधुमेह रोग सुरुसुरुमा विकसित देशमा देखा परेको भएतापनि आजभोलि विकासोन्मुख देशमा यो एउटा महामारी रोगका रूपमा देखापरेको छ । यसको उपचारमा ठूलो धनराशि खर्च गर्नु परेकाले यसले देशको आर्थिक स्थितिमा नकारात्मक असर पारेको छ । यो दुवै रोगबीच अन्तरसम्बन्ध रहेको छ । मिर्गौला रोगका विभिन्न अवस्थामध्ये अन्तिम अवस्थामा हुने यस रोगको प्रमुख कारण मधुमेह रहेको छ । मधुमेहको कारणले गर्दा मृगौला सम्बन्धी रोग र मुटुसम्बन्धी रोग भएमा निको हुने सम्भावना ज्यादै नै न्यून हुने कुरा अनुसन्धानबाट पनि देखिएको छ । मधुमेह रोगका कारणले मृगौलाको झिल्ली अर्थात ग्रोमेलुरो लाई नष्ट गरी मृगौलाले गर्ने कार्यमा बाधा पुर्याउछ । परिणामस्वरूप शरीरलाई चाहिने प्रोटिन तत्व (एल्बुमिन) झिल्लीबाट छिरेर पिसाबको माध्यमबाट बाहिर निस्कन्छ र शरीर सुन्निने जस्ता लक्षणहरू देखापर्छ जसलाई डाइबेटिक नेफ्रोप्याथी भनिन्छ । नेपालमा अन्तिम अवस्थाको मिर्गौला रोगको प्रमुख कारण मधुमेह नै हो भन्ने कुरा अध्ययनले देखाएको छ ।
मिर्गौला रोगको चुनौती
संसारमा बढ्दै गएको अस्वस्थ जीवनशैली तथा त्यससँग सम्बन्धित मोटोपना, त्यसबाट उब्जाइएको मधुमेहको महामारीसगै मिर्गौला रोगीको संख्या पनि बढ्दो छ । शुरुको अवस्थामा नै मधुमेह रोगको पहिचान गरी उपचार गरेमा वा यो रोग लाग्नबाट जोगिएमा धेरै हदसम्म मिर्गौला रोगबाट बच्न सकिन्छ । यी रोगहरुलाई नियन्त्रण गर्न उपलब्ध चिकित्सकहरूबाट मात्र सम्भव छैन । यसका लागि आम स्वास्थ्यकर्मी, जनस्वास्थ्यसग सम्बन्धित संघसंस्था, स्वयंसेवकहरूको संयुक्त प्रयासमा जनचेतना ल्याउनु र यी रोगको महामारीबाट बँच्नु प्रमुख चुनौतीको विषय बनेको छ ।
मिर्गौला रोगबाट बच्ने उपाय
–मृगौला रोगसम्बन्धी जनचेतना जगाउन सरोकारवाला संघसंस्था सक्रियता चाहिने ।
–मृगौलासम्बन्धी रोग छ कि छैन भनेर एएल्बुमिन र मृर्गौलाको रक्त शुद्धीकरण दर नियमित परीक्षण गराउने ।
–नियमित व्यायाम गर्ने ।
–सन्तुलित आहार लिने र शरीरको तौल सामान्य राख्ने ।
–धूमपान तथा मध्यपान नगर्ने ।
–दुखाइ कम गर्ने (आइबुप्रोफेनआदि पेन किलर) जस्ता औषधी जथाभावी प्रयोग नगर्ने ।
–तयारी खाना तथा पेय पदार्थ (फास्ट फुड तथा जंकफुड) को उपभोगमा कमी ल्याउने ।
–जोखिमपूर्ण अवस्थामा रहेका (वंशानुगत मधुमेह, रक्तचाप र मृगौला सम्बन्धी रोग, मोटोपन भएका तथा ५० वर्षउमेर कटेका मानिसहरूले अनिवार्यरूपमा नियमित मृर्गौलाको कार्य क्षमता जाँच गराउने ।

प्रकाशित मिति: फाल्गुन २९ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend