Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना सन्त्रासः आत्तिनु पर्दैन, लापरवाहीचाहिँ नगरौं

हाम्रो कोशी आवाज
चैत्र २ २०७६, आइतबार
कोरोना सन्त्रासः आत्तिनु पर्दैन, लापरवाहीचाहिँ नगरौं

डा. रविन्द्र पाण्डे
अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।
–कोरोना कमजोर भाइरस हो। यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
–कोरोना सरयो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।
–कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने । गाह्रो भएमात्र अस्पताल जाने ।
–कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।
–कोरोना विरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि सहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २–३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।
–सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम विकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।
–विश्वासिलो मेडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन ।
–बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गरयो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्क भन्दा पंजा महत्वपूर्ण छ ।
–बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
–कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संगठन, विदेशी स्वयमसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।
–कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी सुरु भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।
–कोरोना भाइरस विरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।
–क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।
–यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९०५ रोकथाम हुन्छ ।
कोरोना संक्रमण, जोखिम हुनसक्ने ठाउँहरु
सिनेमा घर
अस्पताल
विद्यालय र कलेज
सार्वजनिक यातायात
सपिंग मल
व्यस्त गल्ली
तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु
सभा र जुलुस भएका स्थान
वृद्धाश्रम
होटेल र रेस्टुरेन्ट
रंगशाला
भोजभतेर आदि ।
काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं । जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौं । घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सारबैठक कोठामा जाने गरौं ।
कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ?
हाम्रो आकास तथा धरतीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौं ।
१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौं । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौं ।
२. नियमित व्यायाम, योग, हाइकिङ गरौं । खेल खेल्ने बानी बसालौं ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम र विलोम गरौं । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
६. बिहान र बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौं ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौं ।
८. भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौं ।
९. पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौं ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौं ।
१२. दिल खोलेर हाँस्ने गरौं ।
१३. नियमित चिया र कफी (दुध ् चिनी नहालेको) सेवन गरौं ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौं ।
१५ . सरसफाइमा अल्छी नगरौं ।

प्रकाशित मिति: चैत्र २ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा जसले गरिन् मानवको जस्तै ‘कुकुर साथी’ को अन्त्येष्टि

    धरानः मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर । धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिन्छन् तर धरानमा ‘कुकुर साथी’ हो भन्ने कुरा भित्री मनदेखि...

    • ६ दिन अगाडी
    • ७ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • धरानमा सवारी चालक प्रशिक्षण केन्द्र बन्ने

    धरानः धरान उपमहानगरपालिकामा सुविधासम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) बन्ने भएको छ । ट्रायल सेन्टर बनेसँगै धरानबासी इटहरी पुग्नुपर्ने बाध्यता हट्नेछ । धरान उपमहानगरपालिकाको...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend