Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिस नेपालको लागि धरानबाट छानिए ६ युवती

हाम्रो कोशी आवाज
चैत्र ५ २०७६, बुधबार
मिस नेपालको लागि धरानबाट छानिए ६ युवती

धरानः मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरूले अडिसन दिएका छन् । ५.४ इन्च उचाई , प्लस २ पास र १८ वर्ष काटेको अविवाहित युवतीले मात्र अडिसनमा भाग लिन पाउने नियम रहेकोले १२ जना सहभागी भएकोमा अधिकांश उचाइ कम भएकोले अडिसनमा भाग लिन पाएनन् ।
अडिसन दिन पाउनेहरू धरान, इटहरी र धनपालथान गाउँपालिका मोरङबाट रहेका थिए । मिस नेपाल २०१७ निकिता चन्डक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेत निर्णायक रहेको अडिसनमा उनीहरुले गरेको कुराकानी, प्रस्तुति, आत्मविश्वास, बौद्धिक स्तरमापनको आधारमा अंक दिएको र नेपालको ८ वटा ठाउँको अडिसन सकिएपछि आगामी चैत्र १५ गते काठमाडौँको होटल अन्नपूर्णमा अन्तिम अडिसन राखिएको छ ।
अडिसन पछि सम्पूर्ण प्रतियोगीहरुबाट अंकको आधारमा अन्तिम २५ जनामा छनोट गरिने आयोजक हिडन ट्रेजरले जनाएको छ । छनौटपछि हरेक वर्ष कार्यक्रमको दौरान प्रदान गरिने विशेष रुपमा तयार गरिएका तालिमहरु विभिन्न विधामा ख्याती प्राप्त व्यक्तित्वहरुसगँको साक्षात्कारहरुको माध्यमबाट गरिनेछ भने मिस नेपालको सुरुवात देखिको ट्रेनर तथा कोरियोग्राफर रचना गुरुङ शर्माको कोरियोग्राफी रहनेछ भने यो वर्ष उनलाई सहकोरियोग्राफरको रुपमा प्रियारानी लामाले सघाउनेछन् ।
प्रत्येक वर्ष मिस नेपाल विजेताहरुलाई प्रदान गरिदै आएको पुरस्कारको रासी यो वर्षबाट बढाएर प्रति विजेता रु दुई लाख पचास हजार दिइनेछ । यो बर्षका बिजेताहरुले मिस वल्ड, मिस अर्थ, मिस इन्टरनेशनल र मिस सुपर नेशनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

प्रकाशित मिति: चैत्र ५ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend