Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विजयपुरको पिण्डेश्वर क्याम्पस परिसरमा भेटिए पुराना सिक्का

हाम्रो कोशी आवाज
चैत्र ६ २०७६, बिहिबार
विजयपुरको पिण्डेश्वर क्याम्पस परिसरमा भेटिए पुराना सिक्का

धरानः धरान–१४ स्थित विजयपुरमा पुराना सिक्काहरू फेला परेका छन् ।
पिण्डेश्वर विद्यापीठको परिसरमा यस्तो सिक्का फेला परेको हो । नयाँ व्यवसायिक भवन बनाउन जग खन्ने क्रममा ती सिक्काहरू फेला परेको अध्यापक डा. महानन्द तिम्सिनाले जानकारी दिए । करिब डेढ सयको संख्यामा यस्तो सिक्का फेला परेको हो ।
जग खन्ने क्रममा ती सिक्का कामदारले फेला पारेका थिए । सिक्कालाई मुचुल्का उठाएर अस्थायी प्रहरी चौकी विजयपुरको जिम्मा लगाइएको छ ।
एउटा तामाको बाला, ढुंगा जस्तो सानो डोली पैसा पनि भेटिएको छ । ती सिक्कामा सुरेन्द्रविक्रम शाह र इष्ट इन्डिया कम्पनी लेखिएको पाइएको उनले जानकारी दिए । करिव ६ फिट मुनी ती सिक्का फेला परेका थिए । खाली जग्गामा क्याम्पसले भवन बनाउन लागेको थियो । नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले चैत ३ गते पिण्डेश्वर विद्यापीठको व्यापारिक भवन शिलान्यास गरेका थिए । अहिले सो भवन निर्माण कार्य रोकिएको छ । 

प्रकाशित मिति: चैत्र ६ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend