Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तरहरामा युवाबीच ग्याङफाइटमा छुरा प्रहारबाट एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
तरहरामा युवाबीच ग्याङफाइटमा छुरा प्रहारबाट एकजनाको मृत्यु

तरहराः इटहरी–२० स्थित तरहरामा ग्याङफाइट हुँदा छुरा प्रहार भएको छ ।
तरहराका राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो । आइतबार राति साढे ९ बजे भएको घटनामा उनमाथि छुरा प्रहार भएपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरी–२० तरहराको एकता टोलमा ग्याङफाइट भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएको हो । झडपमा तामाङ समूह पक्षबाट अभिषेक केसी, अभिशेक पौडेल तामाङले छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी प्रज्वल तामाङ समूह फरार रहेको छ । घटनामा संलग्न आधा दर्जन बढी संलग्न रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend