Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अस्पतालकै असावधानी रोग गर्ने माध्यम

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७७, सोमबार
अस्पतालकै असावधानी रोग गर्ने माध्यम

नेपालमा कोरोना संक्रमणको पहिलो केस देखिएको चार महिना भयो र विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको महिनौ भयो । अहिलेको तयारी हेर्ने हो भने सरकारले कोरोना महामारी नबुझेको हो वा बुझ्न नखोजेको हो ? महिनौ बितिसक्दा पनि तयारी हाम्रो फितलो छ । कतै क्वारेन्टाइन र आइसोलसनमा खाना छैन त कतै टेस्टकिट छैन ।
एक दुई गर्दै सय र चार सय संख्या नाघिसक्यो र अहिले पनि संख्या द्रुत गतिले बढ्दैछ र मृत्यु हुनेको संख्या पनि एकपनि अर्को गर्दै बढ्दै गएको छ । भारत लगायत अन्य देशबाट नेपाल भित्रिने नेपाली दाजुभाइहरुको संख्या उलेख्य छ । सरकारले नेपालमा कोरोना आउँदैन आएपनि महामारीको रुप लिँदैन । नेपालीको रोगसँग लड्ने क्षमता बढी छ भनि बस्दै गर्दा जेठको पहिलो सातादेखि ह्वातै बढेको संख्याले होस उडाएको छ ।
नेपालमा महामारीका विज्ञ नभएका होइनन् र उनीहरुले चेतावनी पनि नदिएका होइनन् । स्वास्थ्य मन्त्रालय हात बाँधेर बस्नु उचित होइत । महामारी फैलिएपछि चाहेर पनि तयारी गर्न सकिँदैन यो कुरा हाम्रो सरकारले बुझेन र आज यो अवस्थमा मुलुक आइपुगेको छ । अहिले पनि विचारहीन र अदुरदर्शी नै छ ।
साँच्चिकै न बुझेको हो वा बुझ्न नखोजेको हो । नेपालमा पहिलो कोरोना संक्रमित फेला पर्दा जति आइसोलेसन बेड थिए त्यति नै संख्यामा आजपनि छ । कोरोना उपचारका लागि तोकिएका अस्पताल जहाँ सीमित बेड र आइसोलसन कक्ष छन् अहिले संख्या बढेर ४ सय कट्दापनि त्यति नै छन् । टेकु अस्पतालको ५ बेडको आइसोलेसन अहिले बलतल्ल ३० बेडको पुर्याइँदै छ । मन्त्रालयको तथ्यांक अनुसार देशको कुल जनसंख्या २ करोड ९० लाख ७६ हजार १ सय ३८ छ । देशभर निजी र सरकारी गरि अस्पतालको कुल बेड संख्या २६ हजार ९ सय ३० छ । जुन कुल जनसंख्याको ०.१ प्रतिशत मात्र हुन आउँछ । हालसम्म ३५ हजार ४ सय ९४ पिसिआर टेस्ट मात्रै गरिएको छ । महामारी अगाडी जस्तो अभाव थियो त्यसभन्दा पनि डर लाग्दो स्थिति आउन सक्छ । यसमा ३ हजार ७६ बेड, १५ सय ९५ आईसीयू र ८ सय ४० भेन्टिलेटर छन् । यसमा आधाभन्दा बढी काठमाडौं र ८० प्रतिशत निजी अस्पतालमा मात्रै केन्द्रीत र २० प्रतिशत मात्रै सरकारी अस्पतालमा छन् । यसमा उपचार गर्ने कोरोना मात्रै होइन अरु बिरामी पनि पर्छन् ।
अपुग स्वास्थ्यकर्मी र विज्ञको अवस्था सर्व विदितै छ । यसले अनुमान लगाउन सकिन्छ कि महामारी फैलियो भने हाम्रो अवस्था के हुने हो । नेपालमा देखिएको कोरोना संक्रमितहरुको अवस्थाहरूमा लक्षण देखिएको छैन । लक्ष्य नदेखिने संक्रमितहरुले रोग सार्ने डर बढी हुन्छ र यसलाई पहिचान गर्न पनि गाह्रो हुन्छ जुन अहिले नेपालमा देखिएको छ । यस्तो अवस्थामा अस्पतालमा आउने हरेक बिरामीसँग सतर्क भएर बस्नु नै बुद्धिमानी । तर, मास्क, स्यानिटाइजरको अभाव र भाइरस रोक्न नसक्ने व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मी आफैपनि संक्रमित हुने र अरु बिरामी र घरपरिवारलाई पनि सार्ने स्रोत हुँदैछनन् । यसको उपाय भनेकै व्यापक रुपमा जाँच गर्ने र पुष्टि भएका केसहरुलाई आइसोलेट गर्नु नै हो । कोरोना संक्रमित भएको पुष्टि गर्नलाई पिसिआर टेस्ट गर्नै पर्छ ।
विश्व स्वास्थ्य संगठनले नगर्नु भनेर आदेश दिएको आरडिटी टेस्ट गरेर सरकारले अर्को गल्ती गर्दैछ । पिसिआर टेस्ट पर्याप्त नभएर संवेदनशिल कम भएको आरडिटी टेस्ट गर्दा पोजेटिभ केसपनि नेगेटिभ देखाउन सक्छ । जसले गर्दा झन् रोग फैलिने डर बढ्दैछ । अपर्याप्त पिसिआर मेसिन, प्रयोगशाला र दक्ष्य जनशक्तिको अभावले गर्दा रिपोर्ट आउन २४ देखि ४८ घन्टा लाग्छ र त्यति बेलासम्म आइसोेसनमा बस्ने तयारी न त सरकारसँग पर्याप्त छ, न बुझ्ने जनता नै छन् । जसले गर्दा रोग झन्झन् फैलिँदैछ ।
महामारीको बेला सरकारले निःशुुल्क गर्ने टेस्ट निजी कारण गरेर व्यापार गर्न खोजेको त होइन ? सरकारको जनताप्रतिको दायित्व यहि नै हो ? महामारीको बेला भ्रष्टाचार गर्ने अनि आम जनतालाई दुःख दिने ? हामीले अहिलेसम्म तिरेको करको पैसा कहाँ गयो ? कोरोना कोषमा रकम कुम्ल्याउन खोजेको हो ? लकडाउनको सुरुको अवस्थमा व्यापक रुपले तुरुन्तै परिणाम आउने हिसाबले पिसिआर टेस्ट गरेको भए आज यो अवस्था आउँदैज्थ्यो होला ।
कतिपय निजी अस्पतालका ताल पनि सरकारी भन्दा कम छैनन् । सरकारको अनुदान पाउने लोभले आइसोलेसन र फिभर क्लिनिक सञ्चालनका छन् र अस्पतालमा कर्मचारी धान्न नसक्ने बहानामा एउतै डाक्टरले आइसोलेसन एमर्जेन्सी र वार्डका बिरामी हेर्ने गरि राखेका छन् । यही नै अवस्था हुने हो भने अबको केहि दिनमा न त अस्पतालमा बेड हुन्छ न त उपचार गर्ने स्वास्थ्यकर्मी नै ।
अहिले न बुझे कहिले बुझ्ने हाम्रा मन्त्रालय र सचिवालयका विज्ञ नेताहरुले ? देश महामारी र भोकमरी को चपेटा परिरहँदा अनियमितता गर्ने हाम्रा विद्वान नेता र कर्मचारीहरुले कहिले बुझ्ने हुन् ? रोग पत्ता लगाउन र उपचार गर्न विशेषज्ञ डाक्टर चाहिने तर, देश चलाउन नपढेलेखे पनि हुने ? पशुपतिनाथले रक्षा गरुन् ।

प्रकाशित मिति: जेष्ठ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend